पछिल्लो २४ घण्टामा १७१ जना कोरोना संक्रमित पुष्टि, एकको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार केही दिनयता कोरोना संक्रमणबाट निधन हुने र संक्रमित हुनेको संख्या घट्दै गएको छ । आज देशैभरी गरिएको २,९४६ नमुना परीक्षणमा उपत्यकाका ६५ जनासहित १७१ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा महिला ७१ र पुरुष १०० जना रहेका छन् । आज थपिएका १७१ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २