विशेष समाचार

अन्त्यमा गृहमन्त्री थापा ओलीकै पक्षमा

काठमाण्डौं । नेकपाको विभाजनमा सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापाले आफ्ना निकटवर्तीलाई आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने निर्णयमा पुगेको जानकारी दिएको बताइएको छ। उनीनिकट मानिने लुम्बिनी प्रदेशसभा सदस्य आईपी खरेलले बुधवार राति सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “बादलजी सम्बन्ध तोडिन्न, तपाईसँग सति जान सकिएन। तपाईँको प्रगति होस्।”खरेलले बुधवार राति गृहमन्त्री थापाको सचिवालयबाट उनी प्रधानमन्त्री पक्षमा लागेको जानकारी आफूलाई दिइएपछि त्यस्तो लेखेको  बताए। प्रचण्ड पक्षमा लागेका उनले भने, “अहिलेसम्म

नेकपाको नेता भेट्दै चिनियाँ राजदुत

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) फुटेपछि दक्षिणी छिमेकी भारत मौन छ। उत्तरी छिमेकी चीनको भने सक्रियता बढेको छ ।   चिनियाँ राजदूत हाउ यान्छीले भेटघाट थालेकी छिन् । मंगलबार उनले राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेटेकामा बिहीबार प्रचण्डसँग भेटघाट गरेकी छिन् । प्रचण्डलाई भेट्न उनी खुमलटार पुगेकी छिन् । प्रधानमन्त्री ओलीको संसद बिघटनको निर्णय र त्यसपछि पार्टी विभाजन भएपछि नेपालमा चिनियाँ रणनीति असफल भएको विश्लेषण भारतीय अखबारहरले गरेका छन् ।

प्रचण्ड- नेपाल र ओली समुहको वैठक छुट्टाछुट्टै ठाउमा वस्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली समूहले दिउँसो साढे १२ बजे बालुवाटारमा वैठक डाकेको छ । बैठकमा सचिवालय सदस्यहरूको संख्या थप्ने, चुनावी तयारी तथा अर्को समूहले सरकारलाई पारेको अप्ठेरोको भण्डाफोर गर्न गाउँतहस्म कार्यकर्ता खटाउने विषयमा ओलीले निर्देशन दिने तयारी गरेको एक सदस्यले जानकारी दिए ।   काठमाडौँको बबरमहलस्थित एक पार्टी प्यालेसमा बिहान ११ बजे हुने पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहको बैठकमा पनि सचिवालय हेरफेर र महासचिवको मनोनयनको तयारी

काङ्ग्रेसले आज देशब्यापी विरोध प्रदर्शन गर्दै

काठमाण्डौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने भए‍को छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको एक नेताले बताए । कुन दिन प्रदर्शन गर्ने भन्ने भोलि ९ गते बस्ने बैठकले तय गर्नेछ ।

नेकपाको संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं । नेकपाको संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । बानेश्वरमा बसेको संसदीय भेलाले उनलाई सर्वसम्मत रुपमा चयन गरेको हो । प्रचण्ड र माधव नेपाल पक्षको बैठकले ओलीलाई पार्टी अध्यक्ष र संसदीय दलबाट हटाउने निर्णय मंगलबार गरेको थियो ।

कोरोनाभाइरसको नयाँ संस्करणमा फाइजर र मोडर्नामा खोप परीक्षण सुरु

काठमाडौं। कोरोनाभाइरसको नयाँ संस्करण फैलिएको आशंकामा बेलायतमा फाइजर र मोडर्नाको खोप परीक्षण गरिएको छ ।  यी खोपले नयाँ प्रकारको कोरोनाका लागि पनि काम गर्छ की गर्दैन भनेर थाहा पाउन परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् ।   बेलायतमा गरिएको यो परीक्षणबाट त्यसले काम गर्ने वा नगर्ने बारेमा एक हप्तामा मात्रै यकिन हुने जनाइएको छ । अहिलेसम्मको विश्लेषण अनुसार मोडर्नाले त्यसका विरुद्धमा काम गर्ने जस्तो देखिएको छ,” मोडर्नाद्वारा जारी वक्तव्यमा लेखिएको छ

कार्तिकमा हराएका नन्दराम अझै भेटिएनन

रुकुम पश्चिम । रुकुम पश्चिमबाट झण्डै दुई महिनाअघि हराएका बालक अहिलेसम्म पनि भेटिएका छैनन् । चौरजहारी नगरपालिका १ नाखिराका १४ वर्षीय नन्दराम गिरी (कुस विक्रम) नभेटिएको भन्दै उनका बुबा–आमाले खोजिदिन अनुरोध गर्नुभएको छ ।   ‘मेरो छोरा गएको कात्तिक १४ गतेदेखि हराएको हो’, उनका बुबा ध्रुव विक्रम गिरीले भन्नुभयो ‘प्रहरी, मिडिया सबैले खोजीमा सहयोग गरिदिनु भए आभारी हुने थिएँ ।’   जानकारीअनुसार ती बालक मुसिकोट नगरपालिका १ मा रहेको मामाघरमा

पशुपति खुलेसँगै भक्तजनहरुको चहलपहल वढ्यो

काठमाडौं । नौ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि खुलेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल बढ्न थालेको छ । पुस महिनाको चिसोमा पनि भक्तजन बिहानैदेखि दर्शन गर्न आउन थालेका छन् । भक्तजनलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर दर्शन गराइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनका लागि मास्क अनिवार्य गरिएको छ । नौ महिनादेखि भेटीघाटी शून्य रहेको दानपेटिकामा पुस ५ गतेसम्म रु तीन लाख ८२

प्रधानमन्त्रीले देशवासीको नाममा ३ बजे सम्वोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो राजनीतिक घटनालगायत विषयमा अहिले अपराह्न ३ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हुने सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ ।   प्रतिनिधिसभा विघटन भई ताजा जनादेशका लागि नयाँ निर्वाचनको मिति आइतबार तय भएपछि सो विषयमा प्रधानमन्त्रीले स्पष्ट पार्न लागेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । सोमबार नै प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का

ओलीलाई पुर्व माओवादीका तीन सहित १७ मन्त्रीको साथ

काठमाडौं । मन्त्रिपरिषद्का २४ मन्त्री तथा राज्यमन्त्रीमध्ये १७ जनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका छन् । पूर्व माओवादीका तीन मन्त्री समेत ओलीको पक्षमा उभिएका छन् । जसमा गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट तथा खेलकुदमन्त्री जगत विश्वकर्मा छन् । सात जनाले भने आइतबार सामूहिक राजिनामा दिएका छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेल, पर्यटनमन्त्री योगेश भट्टराई, कृषिमन्त्री घनश्याम भुषाल, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर र श्रममन्त्री