प्रधानमन्त्री ओलीले गरे पृतनापति सम्मेलनलाई सम्बोधन
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पृतनापति सम्मेलनलाई सम्बोधन गरेका छन् । रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री ओलीले आइतबार बालुवाटारबाटै भर्चुअल माध्यमबाट नेपाली सेनाको पृतनापति सम्मेलनलाई सम्बोधन गरेका हुन् । पृतनापतिको सम्मेलन तीन दिनसम्म चल्नेछ । सेनाले हरेक ६–६ महिनामा नियमित रुपमा पृतनापतिको सम्मेलन गर्दै आएको छ । यसपटक देशको शान्ति सुरक्षाका साथै कोभिड १९ प्रतिकार्यमा प्राप्त भइरहेको सफलता र भावी रणनीतिबारे समीक्षा गर्न भर्चुअल माध्यमबाट सम्मेलन भएको हो । सम्मेलनमा