ढोरपाटन बाढी अपडेट : मृतकको संख्या ७ पुग्यो, १३ जना बेपत्ता
काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका ९ भुसुन्डे, दुनेपोखरा, लाकुरीबोटमा गएराति गएको पहिरो जाँदा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा पहिरोमा १३ जना बेपत्ता भएको खुलेको छ । मृतकमध्ये एकजनाको मात्र परिचय खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेपत्ता हुनेहरुमा ढोरपाटन नगरपालिका ९ की ३५ वर्षीया कौशला पुन, उनकै ६ वर्षीय छोरा हिक्मत पुन, सोही वडाका ३५ वर्षीय जितबहादुर घर्ती, ४० वर्षीय राजु घर्ती, ३० वर्षीया