समाचार

पूर्वप्रधानमन्त्री खानलाई ८ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अदालतले ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।  भ्रष्टाचारविरोधी निकाय नेसनल एकाउन्टेबिलिटी (एनएबी)ले राजधानी इस्लामाबादको अदालतमा खानलाई भ्रष्टाचार मुद्दामा सोधपुछका लागि १० दिन हिरासतमा राख्न अनुमति मागेकोमा अदालतले आठ दिन अनुमति दिएको हो । नेसनल एकाउन्टेबिलिटी ब्युरो (एनएबी) का डेपुटी प्रोसिक्युटर जनरल सरदार मुजफ्फर अब्बासी र विशेष अभियोजक रफिक मसुद पनि अदालतमा उपस्थित थिए । अदालतमा एनएबीको तर्फबाट सरकारी वकिल सरदार जुल्कारनैन र

पूर्व प्रधानमन्त्री खानको पक्राउपछि पाकिस्तान तनाबग्रस्त, ४ जनाको मृत्यु

एजेन्सी । पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि पाकिस्तानमा अराजकता मच्चिएको छ । उनको पक्राउपछि भएको हिंसामा परी पेशावरमा ४ जनाको मृत्यु भएको छ भने ९१ जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ । मंगलवार पक्राउ परेका खानलाई ८ दिनको लागि एनएबी हिरासतमा पठाइएको छ ।  यसैगरी, इमरानको गिरफ्तारीपछि शान्ति सुरक्षा कायम गर्ने भन्दै इस्लामाबाद, पञ्जाब र केपीमा सेना परिचालन गरिएको छ भने पीटीआईको विरोधपछि पञ्जाबमा मात्रै झण्डै एक हजार पक्राउ गरिएको

खुट्टा नकमाइ सबैलाई पक्राउ गर्न प्रहरी प्रमुखलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाइ अनुसन्धान गर्न र जो मुछिएका छन् सबैलाई पक्राउ गर्न प्रहरी नेतृत्त्वलाई निर्देशन दिएका छन् । प्रहरी प्रमुख वसन्त कुँवरलाई गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा जो रहेको भए पनि पक्राउ गर्न निर्देशन दिएका थिए । “आईजीपीले गृहमन्त्रीसँग बालकृष्ण खाँणको पनि नाम मुछिएको र पक्राउ गर्ने अवस्था आएको बारेमा जानकारी गराउनुभएको थियो,” गृह मन्त्री स्रोतले बाह्रखरीसँग भन्यो, “गृहमन्त्रीले यो प्रकरणमा

पूर्व गृहमन्त्री खाँणका स्वकीय सचिव पनि समातिए

काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा केसीलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए । प्रहरीले उनलाई बुधवार बिहान जडिबुटीबाट पक्राउ गरेको हो । यस्तै बुधबार नै पूर्व गृहमन्त्री खाँणलाई प्रहरीले चुच्चेपाटी स्थित निवासबाट पक्राउ गरेको थियो । यससँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १२ जना पुगेको छ । 

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ,कार्यकर्ता र समर्थकद्धारा देशव्यापी प्रदर्शन

काठमाडौं । पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेपछि पाकिस्तान अशान्त बनेको छ । भ्रष्टाचार आरोपमा मंगलबार बिहान खानलाई अदालतबाटै पक्राउ गरिएपछि उनको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का कार्यकर्ता र समर्थकहरूले देशव्यापी रूपमा प्रदर्शन थालेका छन् । प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्दै टायर बालेका छन । पार्टीका अधिकांश नेताहरूले आ–आफ्नो क्षेत्रमा पुगेर जनतालाई घरबाहिर आएर प्रदर्शन गर्न आग्रह गरेका छन् । देशका विभिन्न स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँण बुधबार बिहान पक्राउ परेका हुन् । खाँणलाई पक्राउ गरी प्रहरी परिसर लगिएको प्रहरीले जनाएको । पूर्व गृहमन्त्री खाँणलाई सोधपुछ पछि घर जान दिने कि नियन्त्रणमै राख्ने भनेबारे निर्णय लिने काठमाडौं प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले बताए । सो प्रकरणमा यसअघि प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका

एआइजी बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली अमेरिका प्रस्थान

काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) किरण बज्राचार्यको नेतृत्वमा प्रहरीको पाँच सदस्यीय टोली अमेरिका प्रस्थान गरेको छ । संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डिसी र न्युयोर्कमा यही वैशाख २७ देखि २९ गतेसम्म हुन लागेको नेतृत्व विकाससम्बन्धी कार्यक्रममा भाग लिन सोमबार साँझ एआइजी बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय टोली अमेरिका प्रस्थान गरेको हो । अमेरिका प्रस्थान गर्नेमा एआइजी बज्राचार्यसँगै एआइजी सुदीप गिरी, प्रहरी नायब महानिरीक्षक (डिआइजी) रामदत्त जोशी, प्रहरी वरिष्ठ उपरीक्षक

संसदमा आज पनि प्रि बजेटबारे छलफल हुने

काठमाडौं। प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । आजको बैठकमा पनि प्रि बजेटका बारेमा छलफल हुने भएको छ । आइतबार बसेको प्रतिनिधिसभा कार्य ब्यवस्था समितिको बैठकले उक्त निर्णय गरे अनुसार आज पनि प्रि बजेटका बारेमा छलफल हुन लागेको हो । जसअनुसार बैशाख २५ देखी २८ गतेसम्म प्रि बजेटका बारेमा छलफल हुने नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले जानकारी दिएका थिए । उनका अनुसार प्रि–बजेटमाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल

बालुवाटारमा सत्तागठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्तागठबन्धनको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (मंगलबार) साँझ ५ बजे बैठक बोलाइएको हो । आजको बैठकमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे छलफल हुने बताइएको छ ।गठबन्धनको दुई दिनअघि (आइतबार) बसेको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल भएको थियो ।

कक्षा १२ को परीक्षामा ४ लाख ६७ हजार विद्यार्थी सहभागी हुँदै

काठमाडौं । आजदेखि कक्षा १२ को परीक्षा सुरु हुँदैछ । बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म परीक्षा हुने छ । यसपालिको परीक्षामा देशभरबाट कुल ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाका लागि देशभर १ हजार ४५७ परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए ।अघिल्लो वर्ष तीन वा सोभन्दा बढी विषयमा ‘नन ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको