समाचार

काँग्रेस रुकुमले बाध्य भएर उम्मेदवारी फिर्ता लियो

रुकुम पश्चिम । नेपाली काँग्रेस रुकुम पश्चिमले बाध्य भएर उम्मेदवारी फिर्ता लिनु परेको जनाएको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि दर्ता गरेको उम्मेदवारी बुधबार फिर्ता लिएको बिषयमा एक विज्ञप्ती जारी गर्दै काँग्रेसले केन्द्रको निर्देशन अनुसार फिर्ता लिन बाध्य भएको जनाईएको छ । नेपाली काँग्रेसका कार्यबहाक सभापति हर्क सिं खत्रीले एक विज्ञप्ती मार्फत सो कुरा सार्वजनिक गर्नुभएको हो । विज्ञप्तीमा सत्ता गठबन्धन अनुसार देशव्यापी चुनावी गठबन्धन भएको

नेपालले गर्यो युक्रेनको पक्षमा मतदान

काठमाण्डौं । संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् । नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा एक सय ४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेका छन् । यसैगरी ३५ देश मतदानको समयमा अनुपस्थित रहेका थिए । उक्त प्रस्तावमा भनिएको छ,– ‘रुसले गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त

कांग्रेसका बागी उम्मेदवार पाँच वर्षका लागि निस्कासित

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवारी दिनेलाई पाँच वर्ष पार्टीबाट निस्कासन गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गरी सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवार बन्ने नेता तिनका प्रस्तावक र समर्थकलाई ५ वर्ष निस्कासन गरेको जानकारी दिएका छन् । कांग्रेसले मंगलबार विज्ञप्ति जारी गरेर बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो । कांग्रेसले गठबन्धन र लोसपासँग भएको सहमतिविपरीत

प्रचण्डद्वारा आचारसंहिता उल्लंघन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्वाचन आयोगले आचारसंहिता उल्लंघनको विषयमा स्पष्टीकरण सोधेको छ । आइतबार गोरखा- २ मा उम्मेदवारी दर्ता गर्ने क्रममा पञ्चेबाजा प्रयोग गरी आचारसंहिताको उल्लंघन भएको भन्दै सात दिनभित्र जवाफ दिन आयोगले भनेको हो ।पत्रमा भनिएको छ, ‘यहाँको मनोनयनमा बाजागाजा प्रयोग गरेको हो भने यहाँलाई आचारसंहिता २०७९ को दफा १३ को खण्ड ‘ण’ उल्लंघनमा कारबाही किन नगर्ने ?’

नायक शाहको पेसी निर्वाचनका कारण स्थगित

काठमाण्डौं । नाबालिग जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा रहेका नायक पल शाह विरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित भएको छ । तनहुँ अदालतमा आजका लागि तोकिएको पेसी स्थगित भएको हो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका कारण शाह विरुद्धको सुनुवाई स्थगित भएको तनहुँ अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए । यसअघि शाह विरुद्धको सुनुवाइ भदौ १५ गते असोज २ गतेका लागि तोकिएको थियो ।

प्रभु साहले पाए ‘ह्याण्ड पाइप’ चुनाव चिह्न

रौतहट । रौतहट ३ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहको चुनाव चिह्न ह्याण्ड पाइप (हातेकल) कायम भएको छ ।  साहले नेकपा एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । निर्वाचन आयोगले बुधबार साहलाई ह्याण्ड पाइप चुनाव चिह्न दिएको उनका नीजि सचिव रविन्द्र सिंहले जानकारी दिए ।

घनश्यामले निर्वाचन चिन्ह ‘त्रिभुज’ पाए

काठमाडौं । नेकपा एमालेले टिकट नदिएपछि एमाले छाडेका नेता घनश्याम भूसालले निर्वाचन चिन्ह ‘त्रिभुज’ पाएका छन् । छाडेर रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिएका नेता भुसाललाई बुधबार निर्वाचन अधिकृतको कार्यालयले भूसाललाई त्रिभुज चिन्ह दिएको हो । त्रिभुजको तीन कुनालाई लोकतन्त्र, सामाजिक न्याय र विकास भनी भूसालले व्याख्या गरेका छन् ।

प्रचण्डविरुद्धको बागी उम्मेदवारी फिर्ता

काठमाडौं । गोर्खा–२ मा प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गरेका डा. माधवी भट्टले उम्मेदवारी फिर्ता लिएका छन् । २३ असोजमा उम्मेदवारी दर्ता गरेपछि उत्पन्न प्राविधिक, व्यवहारिक र परिस्थितिजन्य अवस्थाको समीक्षा गर्दै उम्मेदवारी फिर्ता लिएको उनले जानकारी दिएका छन् । यसै क्षेत्रबाट सत्ता गठबन्धन दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उम्मेदवारी दिएका छन् । प्रचण्डविरुद्ध कांग्रेसका नेता भट्टले बागी उम्मेदवार दिएका थिए । उनले उम्मेदवारी फिर्ता लिए पनि

स्वतन्त्र उम्मेदवार दीपक मनाङे निर्विरोध निर्वाचित

मनाङ । मनाङ प्रदेशसभा ‘ख’बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे (राजीव गुरुङ) निर्विरोध निर्वाचित भएका छन् । गठबन्धन बनाएर देशभर प्रतिस्पर्धा गरेका नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रजस्ता ठूला दललेसमेत उम्मेदवारी नदिएपछि मनाङे दोस्रो पटकका लागि गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । मनाङेलाई आफ्नो पक्षमा ल्याउन त्यहाँ कांग्रेस, एमाले र माओवादीले उम्मेदवा खडा गरेका थिएनन् । अघिल्लो चुनावमा उनी त्यही क्षेत्रबाट १४१० मत ल्याएर विजयी भएका थिए । उनका

बाँकेको झुरीखोलामा जिप दुर्घटना हुँदा चालकको मृत्यु, तीन जना घाइते

बाँके । बाँकेको राप्तीसोनारी गाँउपालिका–२ झुरीखोलामा जिप दुर्घटना हुँदा आज चालकको मृत्यु भएको छ । सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–४ का ५५ बर्षीय कृष्ण प्रसाद खतिवडाको मृत्यु भएको हो । जिपमा सवार ३ जना यात्रु घाइते भएका छन । काठमडौं आउदै गरेको बाग्मती प्रदेश ०१ ०२८ च ००४४ नम्बरको टाटासुमो जिप आज बिहान सवा ७ बजे अनियन्त्रीत भएर पल्टिदा चालक सहित ४ जना घाइते भएका थिए । घाइतेहरुलाई उपचारको लागी मेडिकल कलेज