समाचार

दसैँ सुरु भएसँगै गाउँघर फर्किनेहरुको संख्या बढ्यो

काठमाडौं । दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाबाट गाउँघर फर्किनेहरुको संख्या बढेको छ । विशेषगरि काठमाडौंबाट बाहिरिने मुख्य नाकाहरु कलंकी, बल्खु, कोटेश्वर, बालाजुलगायतका सबै क्षेत्रमा घर फर्किनेहरुको ठूलो भीड लागेको छ । दसैँको लागि हरेक दिन जसो करिब १ लाख मानिसले काठमाडौं छाड्ने गरेको ट्राफिक प्रहरीको तथ्यांक छ । प्रहरीका अनुसार करिब २० लाख मानिस दसैँको लागि उपत्यका छोड्नेछन् ।

सन्दीप लामिछाने असोज २० गते नेपाल आउने

काठमाडौं । बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेले असोज २० गते नेपाल आउने बताएका छन् । लामिछानेले सामाजिक संजालमार्फत आफू २० गते नेपाल आइपुग्ने बताएका हुन् । उनले २० गते नेपाल आएर झूटा आरोपविरुद्ध कानुनी लडाई लड्न आफूलाई नेपालको अख्तियारमा पेश गर्ने बताए । ‘ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ट, द्दण्द्दद्द मा मेरो गृह देश नेपाल आइपुगेको छु र झूटा आरोप विरुद्ध कानुनी लडाई

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदैछ ।नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक-एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप आश्विन शुक्ल षष्टी तिथिमा कात्यायनीको पूजा-आराधना गरिएको हो । पुराणअनुसार कात्यायनको ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन् । महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट देवी उत्पन्न भइन् । यिनै कात्यायन ऋषिद्वारा पुजित भएकीले यिनको नाम कात्यायनी भएको हो

ज्येष्ठ नागरिकको सम्मान र पूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य हो : राष्ट्रपति भण्डारी

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको सम्मान पूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको बताएकी छन् । ३२ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज शुभकामना दिँदै उनले ज्येष्ठ नागरिकलाई सार्वजनिक सेवामा सहज पहुँच सुनिश्चित गर्न गरिएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न ध्यानाकर्षण गराएकी छन् । ज्येष्ठ नागरिक आफ्नो जीवनभरीको सङ्घर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवका खानी रहेको जनाउँदै उनले ज्येष्ठ नागरिकको ज्ञान र अनुभवबाट आजको युवा पुस्ताले

किसानलाई मागमा आधारित प्रोत्साहन अनुदान दिइने

बुटवल । बुटवल उपमहानगरपालिकाले यहाँका किसानलाई मागमा आधारित प्रोत्साहन अनुदान दिने निर्णय गरेको छ । उपमहानगरपालिकाले ५२ किसानलाई मागमा आधारित प्रोत्साहन अनुदान दिने निर्णय गरेको हो । स्थानीय कृषि व्यवसाय प्रवद्र्धन समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख खेलराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले माग भएर आएका ५२ जनाकै माग स्वीकृत गरेको हो । उपमहानगरका वडा नं ११ देखि १९ सम्मका किसानका लागि लक्षित गरी आह्वान गरिएको माग, योजना र प्रस्ताव हेरेर अनुगमनका आधारमा

स्वास्थ्य कर्मीलाई सवैले सम्मान र हौसला प्रदान गर्नुपर्छ: अध्यक्ष मल्ल

नेपालगंज । दशैं तिहार, चाड पर्व, गाह्रो अफ्ठ्यरो नभनि नागरिकको स्वास्थ्य उपचार सेवामा समर्पित स्वास्थ्य कर्मीको महान कार्यलाई सवैले सम्मान र हौसला प्रदान गर्नुपर्ने शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समितीका अध्यक्ष टेकेन्द्र मल्लले वताए । शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समिती खजुराले शुक्रबार विजया दशमी,शुभ दिपावली, नेपाल सम्बत तथा छठ पर्वको पावन अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा    अध्यक्ष मल्लले उक्त कुरा वताएका हुन । अस्पताल

ट्रकले कुल्चिदा मोटरसाइकलमा सवार साहको घटनास्थलमै मृत्यु

चितवन । मोटरसाइकल आफै अनियन्त्रित भई सडकमा खसेका व्यक्तिको ट्रकले कुल्चेर घटनास्थलमा नै मृत्यु भएको छ । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा ट्रकले कुल्चेर भरतपुर–२ बस्ने १९ वर्षीय महमद सकिल साहको घटनास्थलमा नै मृत्यु भएको हो । बिहीबार साँझ ६ः५० बजेको समयमा मुग्लिङबाट नारायणगढतर्फ आइरहेको बागमती प्रदेश ०६–०१ प १९८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल पछाडि सवार साह सडकमा खसेका थिए । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको लु २

उम्मेदवार छान्न ओलीलाई एकलौटी अधिकार

काठमाडौं । Oपछिल्लो समय पार्टीको सबै पावर आफूमा केन्द्रित गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार चयन गर्ने एकलौटी अधिकार पाएका छन् । बिहीबार मध्यरातसम्म चलेको नेकपा एमालेको सचिवालय बैठकले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको हो । एमालेको जिल्ला र प्रदेशबाट ५६ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रको उम्मेदवारमा एकल सिफारिस भएको छ भने बाँकी निर्वाचन क्षेत्रमा एकभन्दा बढी आकांक्षीको

राष्ट्रपति भण्डारी र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाण्डौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । कार्यकाल सकिएर अमेरिका फर्कन लागेका राजदूत बेरी र राष्ट्रपतिबीच बिहीवार दिउँसो शीतल निवासमा भेटवार्ता भएको हो । भेटमा राष्ट्रपति भण्डारी र राजदूत बेरीबीच दुई देशबीचको आपसी हित र सम्बन्धका बारेमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

बजार अनुगमन गर्दै काठमाडौं महानगर

काठमाण्डौं । दसैं नजिकिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ । उपमेयर सुनिता डंगोल नेतृत्वको टोली हरेक दिन बजार अनुगमनमा निस्कने गरेको छ । महानगरका अनुसार बिहीबार मात्र साल्ट ट्रेडिङ, बर्गर हाउस, केएफसी फास्टफुडलगायतका ठाउँबाट अखाद्य बस्तु जफत गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनको जडीबुटी विक्री केन्द्रबाट अखण्ड व्राण्डका २० केजी तौलका ६ बोरा चामल, सोही व्राण्डका २५ केजी तौलका २ बोरा चामल र १ केजी तौलका १७ प्याकेट