महाराजगञ्ज वृत्तका डिएसपी खडकालाई कारबाही सिफारिस
काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज वृत्तका डिएसपी रोशन खडकालाई कारबाही सिफारिस भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी भोला रावल नेतृत्वको छानबिन समितिले उनलाई कारबाही सिफारिस गरेको हो । लुटपाटमा संलग्ननताको आशंका गरिएका व्यक्तिमाथि विस्तृत अनुसन्धान नै नगरी छाडिएको घटनामा कारबाही सिफारिस भएको हो । सो घटनामा उनको गलत नियत नदेखिएको तर लापरबाही देखिएको छानबिन समितिले जनाएको छ । गत १० पुसमा महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कले सुन लुटपाटको