समाचार

वडाध्यक्षको हत्यामा संलग्न चार जनालाई जन्मकैदको फैसला

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला गरिएको छ ।   जिल्ला न्यायाधीश नवीनकुमार जोशीको बुधबार बसेको एकल इजलासले हत्यामा संलग्न भएका पञ्चदेवल विनायक नगरपालिका–२ का स्थानीयवासी प्रेमबहादुर धामी, जीवन धामी, रमेशबहादुर धामी र धर्मबहादुर धामीलाई जन्मकैदको फैसला सुनाएको अदालतका स्रेस्तेदार नारायण पौडेलले जानकारी दिए ।   वडाध्यक्ष धामी विसं २०७६ माघ महिनाको २० गते राति भैँसी गोठमा मृत फेला

प्रचण्डलाई अध्यक्ष पदबाट हटाउने ओली समुहको निर्णय

काठमाडौं । केपी ओली पक्षको नेकपाले प्रचण्डलाई कारबाही गरी अध्यक्षबाट हटाउने निर्णय गरेको छ। बालुवाटारमा बसेको सो समूहले बैठकले यस्तो निर्णय गरेको हो । साथै बैठकले पार्टीका सातै प्रदेशमा संयोजक तोकेका छन् । सुदूरपश्चिममा लेखराज भट्ट, कर्णालीमा मणि थापा, लुम्बिनीमा शंकर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, वागमतीमा ईश्वर पोखरेल, प्रदेश नम्बर दुईमा सत्यनारायण मण्डल र प्रदेश एकमा सुवास नेम्वाङलाई संयोजक तोकिएको छ । जनवर्गीय संगठनको समन्वयमा टोपबहादुर रायमाझीलाई चयन गरिएको छ

गृहमन्त्री बादलका सल्लाहकारले दिए राजिनामा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’का राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले राजिनामा दिएका छन् । बादल केपी ओलीको पक्षमा लाग्ने निर्णयपछि सुवेदीले राजिनामा दिएका हुन् । ‌ उनले राजनीति र नैतिक दृष्टिकोणले राजिनामा दिने निर्णय गरेको बताएका छन् । बादल निकट नेताहरु समेत प्रचण्ड माधव नेपाल समूहमा लागिसकेका छन् । बादल भने ओली समूहको बैठकमा सहभागी भएका छन् । गृहमन्त्री पदकै लोभमा परेर उनी त्यता लागेको बताइएको छ । दृष्टिन्युज

प्रधानमन्त्री ओलीद्वारा केन्द्रीय सदस्यहरुलाई बालुवाटारमा भोज

काठमाडौं । केन्द्रीय सदस्यको बैठकपछि केपी शर्मा ओलीले बालुवाटारमा केन्द्रीय सदस्यहरुलाई भोज दिएका छन् । मंगलबार थपिएका ५५६ केन्द्रीय सदस्यको समेत बैठक बसेपछि भोज दिइएको हो । क्याटरीङ बोलाएर बालुवाटारमा भोज गरिएको छ । सो बैठकमा पार्टीका करिब सात सय नेताहरु उपस्थित छन् । दृष्टिन्युज

बैतडीमा जीप दुर्घटना, एकको मृत्यु तीन घाइते

बझाङ । बैतडीको सुनर्या गाउँपालिका–७, आलुगैरामा बिहीबार बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बिहान ५ बजेतिर से१ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बुङ्गल पनि नगरपालिका–११ घर भएका २७ वर्षीय चालक धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको छ दुर्घटनामा बैतडी, पुर्चौडी नगरपालिका–४ घर भएका ३५ वर्षीय जनकराज भट्ट, सोही ठाउँ घर भएका ४० वर्षीय गङ्गादत भट्ट र बझाङको वित्थडचिर गाउँपालिका घर भएका २८ वर्षीया

अन्त्यमा गृहमन्त्री थापा ओलीकै पक्षमा

काठमाण्डौं । नेकपाको विभाजनमा सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापाले आफ्ना निकटवर्तीलाई आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने निर्णयमा पुगेको जानकारी दिएको बताइएको छ। उनीनिकट मानिने लुम्बिनी प्रदेशसभा सदस्य आईपी खरेलले बुधवार राति सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “बादलजी सम्बन्ध तोडिन्न, तपाईसँग सति जान सकिएन। तपाईँको प्रगति होस्।”खरेलले बुधवार राति गृहमन्त्री थापाको सचिवालयबाट उनी प्रधानमन्त्री पक्षमा लागेको जानकारी आफूलाई दिइएपछि त्यस्तो लेखेको  बताए। प्रचण्ड पक्षमा लागेका उनले भने, “अहिलेसम्म

नेकपाको नेता भेट्दै चिनियाँ राजदुत

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) फुटेपछि दक्षिणी छिमेकी भारत मौन छ। उत्तरी छिमेकी चीनको भने सक्रियता बढेको छ ।   चिनियाँ राजदूत हाउ यान्छीले भेटघाट थालेकी छिन् । मंगलबार उनले राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेटेकामा बिहीबार प्रचण्डसँग भेटघाट गरेकी छिन् । प्रचण्डलाई भेट्न उनी खुमलटार पुगेकी छिन् । प्रधानमन्त्री ओलीको संसद बिघटनको निर्णय र त्यसपछि पार्टी विभाजन भएपछि नेपालमा चिनियाँ रणनीति असफल भएको विश्लेषण भारतीय अखबारहरले गरेका छन् ।

प्रचण्ड- नेपाल र ओली समुहको वैठक छुट्टाछुट्टै ठाउमा वस्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली समूहले दिउँसो साढे १२ बजे बालुवाटारमा वैठक डाकेको छ । बैठकमा सचिवालय सदस्यहरूको संख्या थप्ने, चुनावी तयारी तथा अर्को समूहले सरकारलाई पारेको अप्ठेरोको भण्डाफोर गर्न गाउँतहस्म कार्यकर्ता खटाउने विषयमा ओलीले निर्देशन दिने तयारी गरेको एक सदस्यले जानकारी दिए ।   काठमाडौँको बबरमहलस्थित एक पार्टी प्यालेसमा बिहान ११ बजे हुने पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहको बैठकमा पनि सचिवालय हेरफेर र महासचिवको मनोनयनको तयारी

काङ्ग्रेसले आज देशब्यापी विरोध प्रदर्शन गर्दै

काठमाण्डौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने भए‍को छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको एक नेताले बताए । कुन दिन प्रदर्शन गर्ने भन्ने भोलि ९ गते बस्ने बैठकले तय गर्नेछ ।

नेकपाको संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं । नेकपाको संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । बानेश्वरमा बसेको संसदीय भेलाले उनलाई सर्वसम्मत रुपमा चयन गरेको हो । प्रचण्ड र माधव नेपाल पक्षको बैठकले ओलीलाई पार्टी अध्यक्ष र संसदीय दलबाट हटाउने निर्णय मंगलबार गरेको थियो ।