समाचार

राम कुमारी झाँक्रीसँग गुल्मी सेवा समाज कतारको स्नेह मिलन

दर्शन सुनार/कतार : गुल्मी सेवा समाज कतारले नेपाल कम्युनिस्ट पाटी ( एकीकृत समाजबादी) का केन्द्रिय सचिव एवम् नेपाल सरकारका पुर्व शहरी विकास मन्त्री रामकुमारी झाक्रीसँग स्नेह मिलन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । प्रवासी नेपाली एकता मञ्चको अधिवेशनलाई सम्बोधन गर्न आएको अवसर पारेर समाजले एक कार्यक्रमको आयोजना गर्दै झार्कीसँग स्नेह मिलन कार्यक्रम सम्पन्न गरेको हो । समाजका अध्यक्ष कमल अर्यालको सभापतित्व तथा नेपाल सरकारका पुर्व शहरी विकास मन्त्री राम

त्रिशुलीमा खसेको जिप भेटियो,मान्छे भेटिएन

चितवन । त्रिशूली नदीमा भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला परेको छ । जिप भेटिएपनि मान्छे भने फेला परेको छैन । आज मंगलबार बिहानै त्रिशूली नदीमा गाडी खसेको स्थानीयले खबर गरेपछि खोजी गरिएको थियो । चितवनका डिएसपी श्रीराम भण्डारीका अनुसार नदीबाट भारतीय नम्बर प्लेटको जिप निकालिएको हो । नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट बी आर ०९ जीसी १४३० नम्बरको सिंगल क्याबिन भएको सेतो रङको बोलेरो प्रहरीले

टुँडिखेलमा माघी मनाउन पुगेकाहरुको भीडमा चेपिएर ८ जना घाइते

काठमाडौं : माघी मनाउन काठमाडौंको टुँडिखेलमा पुगेकाहरूको अत्यधिक भीडभाडमा चेपिएर ८ जना घाइते भएका छन् । माघे संक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको अलग अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक भीडभाडका क्रममा घाइते हुन पुगेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुंगेलका अनुसार भीडमा चेपिएर घाइते भएका ८ जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । उनीहरुको अवस्था सामान्य छ । भित्र प्रवेश

आज माघे सङ्क्रान्ति : तरुल,घ्यु,चाकु खाने दिन

चितवन । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा भोलि विशेष मेलासमेत लाग्ने गर्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ भने माघ १ गतेदेखि

चलचित्र छायांकनको लागि बाँकेका सम्भावित स्थानहरुको बारेमा अन्तरक्रिया

नेपालगन्ज : चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। चलचित्र छायांकनका लागि उपयुक्त स्थल र पर्यटन प्रवर्द्धनका लागि सरोकारवालासंग आज आइतबार अन्तरक्रिया गरेको हो। गीत, संगीत र चलचित्र निर्माण गर्नका लागि बाँके- बर्दिया जिल्लामा रहेका उपयुक्त ठाउँहरूको बारेमा स्थानीय कलाकार, पत्रकार, पर्यटन व्यवसायी, होटेल व्यवसायी, सिनेमा हल सन्चालक लगायतसँग अन्तरक्रिया गरिएको हो । बाँकेको डुडुवा गाउँपालिकाको कम्दि नजिकै रहेको पिकनिक स्थलमा आयोजना गरिएको अन्तर्क्रियामा सहभागीहरुले यहाँका

सर्वोच्चभित्रै न्यायाधीश गिरीको पत्नीद्वारा आत्मदाहको प्रयास

काठमाडौं । न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरती गिरीले सर्वोच्च अदालत परिसरभित्रै आत्मदाह प्रयास गरेकी छन् । आइतबार उनले शरीरमा आगो सल्काएरु आतमदाहको प्रयास गरेकी हुन् । आत्मदाह गर्नेक्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानन्यायाधीश सर्वोच्चभित्र प्रवेश गरेको करिब १० मिनेटमा आरती सुरक्षाकर्मीको आँखा छल्दै गेटभित्र पसेकी थिइन् । ‘न्याय कि मृत्यु’ लेखिएको सेतो टिसर्ट लगाएर भित्र पस्नासाथ उनले जर्किनबाट शरीरमा पेट्रोल÷मट्टितेल खन्यार आगो सल्काउन खोज्दा प्रहरीले हस्तक्षेप गरेको

सुदुरपश्चिममा ९ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिम । पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा ९ जना व्यक्तीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भारतबाट नेपाल भित्रिनेहरुको एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार तीन दिनमा चार सय ६४ व्यक्तिको एन्टिजेन परीक्षण गरिएको थियो । तीन दिनयता प्रदेशका सीमानाका गौरीफन्टा, गड्डाचौकी, जुलाघाट र पुलघाट नाकाबाट एक हजार चारसय ४४ व्यक्ति नेपाल भित्रिएका छन् । कोरोना सङ्क्रमित आठ व्यक्तिको नमुना सङ्कलन

'गैर आवासीय नेपाली तारा सिजन ४' : तेस्रो चरणको अडिसनबाट ५/५ जना फाइनलमा

दर्शन सुनार, कतार : गैर आवासीय नेपाली संघ  राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा  ‘गैर आवासीय नेपाली तारा (२०२३) सिजन -४’ को तेस्रो चरणको अडिसन सम्पन्न भएको छ। शुक्रबार कतारको प्लाजामलमा अवस्थित वेलफेयर रेस्टुरेन्टको सभाहलमा भएको तेस्रो चरणको अडिसनबाट फाईलनलिष्टको लागि गायन र नृत्य विधाबाट ५/५ जना छनोट भएका छन्। तेस्रो चरणबाट दिपक कुमार घले (भोटिङ न १), ईसान रेग्मी (भोटिङ नम्बर २), सुजन गुरुङ

जिप दुर्घटनामा परी बागलुङमा दुई जनाको मृत्यु

बागलुङ । जिप दुर्घटनामा परी बागलुङमा दुई जनाको मृत्यु भएको छ । आज शनिबार बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यकातर्फ जादै गरेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका–११ काठमाडौँकी २८ वर्षीय सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।दुर्घटनामा नौ जना घाइते भएका छन् । जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको

काठमाडौं जादै गरेको बस राप्ती नदिमा खस्यो कम्तिमा ६ जनाको मृत्यु

भालुबाङ: लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङमा यात्रुबाहाक बस दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ ।उद्धारमा खटिएका प्रहरीको अनुसार ६ जनाको मृत्यु भएको बताइएको छ। आज शुक्रबार नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस भालुवाङ राप्ती पुलबाट तल राप्ती नदीमा खसेको प्रहवीले जनाएको छ । बसमा सवार अन्य पनि च्यापिएको हुनसक्ने प्रहरीले जनाएको छ। रातको समय भएकाले उद्धारमा समस्या भइरहेको स्थानीयको प्रतिक्रिया छ। बसमा सवार करिव दुइ दर्जन बढी