समाज

कांग्रेसको सर्वदलीय बैठक आज सांझ ४ बजे

काठमाण्डौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ।पार्टी सभापति शेरबहादुर देउवाले आज अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन्। ‘आज सर्वदलीय बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्छ,’ मुख्यसचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिए ।   । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरी चुनावसमेत घोषणा गरेको अवस्थाबारे छलफल गर्न कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो। बैठकका लागि नेकपा, जसपा, राप्रपालगायत दललाई बोलाइएको कांग्रेसले जनाएको छ। आइतबार प्रधानमन्त्री ओलीले

संसद विघटन संगै गृहमन्त्री थापा र लेखराज वाहेक सवै मन्त्रीहरुले राजीनामा दिने

काठमाडौं । सरकारले संसद बिघटन गरेपछि प्रचण्ड र माधव नेपाल पक्षका सबै मन्त्रीले सामूहिक राजिनामा दिने भएका छन् । गृहमन्त्री रामबहादुर थापा बादल र लेखराज भट्ट बाहेक अन्य मन्त्रीले राजिनामा दिन लागेका छन् ।   पर्यटनमन्त्री योगेश भट्टराई, कृषिमन्त्री घनश्याम भुषाल पनि राजिनामा दिन तयार भएका छन् ।   उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव राजीनामा दिने तयारीमा

अख्तियार प्रमुखमा राई , आयुक्तमा चन्द र सिलवाल सिफारिस

काठमाडौं । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा प्रेमकुमार राईलाई नियुक्त गर्न सिफारिस गरेको छ । संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएपछि ३० मंसिरमा बसेको संवैधानिक परिषद्ले प्रमुख आयुक्तमा राई र आयुक्तमा जयबहादुर चन्द र किशोर सिलवालको नाम सिफारिस गरेको हो । राई पूर्व गृहसचिव हुन् भने चन्द नेपाल प्रहरीका पूर्व एआईजी हुन् । त्यस्तै किशोर सिलवाल मुख्य न्यायधीश हुन् ।

राष्ट्रपतिद्वारा संसद विघटन,  वैशाख १७ र २७ गते मध्यावधि चुनाव हुने

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आज आइतबार दिउँसो संसद विघटन गरेकी हुन । राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गर्दै २०७८ वैशाख १७ र २७ गते  प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने जानकारी दिएको छ।

प्रहरी चौकी स्थापना गर्न स्थानीय मानबहादुरले दिए एक रोपनी जग्गा

काठमाण्नुडौं । नुवाकोटकाे तारकेश्वर गाउँपालिका–१ छापाडाडाँस्थित प्रहरी चौकी दाङसिङका लागि नयाँ भवन बनाउन स्थानीयवासी मानबहादुर तामाङले एक रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन।   राज्य पुनःसंरचनापश्चात गाउँपालिका केन्द्रको सुरक्षा जिम्मेवारी बहन गर्न तथा धादिङसँग जोडिएको सीमा क्षेत्र हुँदै हुनसक्ने आपराधिक गतिविधि रोक्न स्थापना गरिएको चौकीको नयाँ भवन बनाउन उनले जग्गा दिएका हुन ।   उनले प्रहरी चौकीका जग्गा जिल्ला मालपोत कार्यालय नुवाकोटमा शुक्रबार स्वामित्व हस्तान्तरण गरे । जग्गाधनी प्रमाणपत्र लालपुर्जा

प्रधानमन्त्री ओलीद्वारा संसद‌ विघठनको सिफारिस

काठमाडौं । प्रधानमन्‍त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद्‌ विघटनको सिफारिस गरेका छन् । प्रधानमन्‍त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्‍त्रिपरिषद्‌को आकस्मिक बैठकमा ओलीले संसद् विघटनको सिफारिस गरेका हुन् । आफूलाई पार्टी भित्रबाटै हटाउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद् विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका हुन् । दृष्टिन्युज

सर्वोच्च बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता शाक्य विजयी

काठमाण्डौं । सर्वोच्च अदालत बार एशोसिएसनको ३३ औँ नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी भएका छन् ।उनी २९५ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रविनारायण खनालले २५० मत प्राप्त गरे     वरिष्ठ अधिवक्ता शाक्यले बृहत् लोकतान्त्रिक समावेशी (मेधेशी, आदिवासी, जनजाति) पेशागत कानून व्यवासायी समूहको नेतृत्व गरेका थिए भने वरिष्ठ अधिवक्ता खनालले प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व गरेका थिए

नेपालमा कोरोमा संक्रमित हुनेको संख्या २ लाख ५३ हजार नाघ्यो

काठमाण्डौं । पछिल्लो २४ घण्टामा देशभर थप ७ सय १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। शनिबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय १० जनामा कोरोना पुष्टि भएको हो। योसहित नेपालमा हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको छ। पछिल्लो २४ घण्टामा ११७५ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४२ हजार ५ सय ६७ पुगेको

प्रचण्डलाई भेट्न ओली खुमलटार पुगे

काठमाडौं । केहीदिनयता आफ्नै घमन्डी कार्यशैलीले संकटमा परेका नेकपाका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली केही लचिलो भएका छन् । केहिदिन अघीसम्म पार्टीको बैठकमा समेत अनुपस्थिति हुने उनी हाल अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार धाउन तयार भएका छन् ।   शनिबार दिउँसो ओली खुमलटार गएका  छन । ओली र प्रचण्डबीच शुक्रबार साँझ पनि भेट भएको थियो । शनिबार बोलाउँदा प्रचण्ड नआउने बताएपछि ओली आफैं जान लागेको स्रोत बताउँछ । खुमलटार गएर

सरकारले जोर विजोर प्रणाली हटाएसंगै काठमाण्डौंका सडक जाम

काठमाण्डाै । सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली हटेसँगै सडकमा जाम र भीडभाडका कारण स्वास्थ्य चुनौतीसमेत थपिएको छ ।   सबै सञ्चालनमा आएपछि बिहान बेलुका कार्यालय जाने आउने समयमा ट्राफिक व्यवस्थापनमा समस्या हुन थालेको छ । काठमाण्डाैमा सडक विस्तार एवं निर्माण र मर्मतसम्भारका कामसमेत भइरहेकाले पनि सबै गाडी नौ महिनापछि सञ्चालनमा आउँदा कोरोना महामारी छैन कि जस्तो लाग्न थालेको यात्रु शुक्रबहादुर तामाङले बताए ।   सबै गाडी सञ्चालनमा आउन थालेपछि सीट क्षमताअनुसार