समाज

आफैँले बोकेको बन्दुक पड्किँदा दोलखामा एक युवकको मृत्यु

दोलखा : दोलखामा सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तामाकोशी गाउँपालिका-२, डाँडावारी झुलेका २० वर्षीय संजिव सार्की रहेको प्रहरीले जनाएको छ । ७ जना साथीसँग सिकार खेल्न जम्बोटे जंगलमा गएका संजिवले आफैँले चलाएको भरूवा भाँचिएर छातीमा छर्रा लागेर घाइते भएका थिए। सार्कीको आइतबार बिहान उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले सार्कीसँगै सिकार खेल्न गएका अन्य ६ जनालाई नियन्त्रणमा

सोती घटनाको निरन्तर सुनुवाइ आजदेखि जिल्ला अदालतमा हुंदै

काठमाडौँ । रुकुम पश्चिमको सोती गाउँमा ६ जनाको हत्या भएको घटनामा आइतबारदेखि निरन्तर सुनुवाइ सुरु भएको छ । जिल्ला अदालतमा सुनुवाइ सुरु भएको रुकुम पश्चिम जिल्ला अदालतका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाले बताए । फैसला केन्द्रित सुनुवाइको पहिलो दिन सरकारी वकिलले बहस सुरु गरेका छन् । न्यायाधीश खड्क बहादुर के.सी. को इजलासमा जाहेरवालाको तर्फबाट सरकारी वकिलले बहस थालेका हुन् । प्रतिवादीका तर्फबाट बहसका लागी ९ जना कानुन व्यवसायी अदालतमा पुगेका

गाजामा फेरी युद्ध सुरु, १ सय ७८ प्यालेस्टिनीको मृत्यु

गाजा । सात दिनको युद्धविरामपछि इजरायल र हमासबिच फेरि युद्ध सुरु भएको छ । इजरायल र हमास दुवैले एकअर्काका कारण युद्धविराम लम्ब्याउन नसकिएको आरोप लगाएका छन् । यसैबिच हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले गाजामा पुनः बमबारी सुरु गरेपछि अहिलेसम्म १७८ प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ । उता इजरायलले पनि २ सयवटा ‘आतंकवादी लक्ष्य’ मा आक्रमण गरेको बताएको छ। युद्धविराम लम्ब्याउने वार्तासँग सम्बन्धित एक स्रोतले बीबीसीलाई बताए अनुसार कतारमा इजरायल र हमासबीच युद्धविराम लम्ब्याउने

घट्यो पेट्रोलियम पदार्थको मुल्य,शुक्रबारबाट लागु हुने

काठमाण्डौं : सरकारले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ। शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य घटाएको हो।  बिहीबार निगमले विज्ञप्ति जारी गरी पेट्रोलमा लिटरको दुई रूपैयाँ डिजेल तथा मट्टीतेलमा चार रूपैयाँ घटाएको जानकारी दिएको हो। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मुल्य तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ १२ पैसा र डिजेलमा चार रूपैयाँ ०९ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको

२०८४ अघि नै मध्यावधि निर्वाचन हुन सक्छः सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २०८४ अगाडि नै मध्यावधि चुनाव हुन सक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ । महोत्तरीको जलेश्वरमा सम्पन्न केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सभापति रवि लामिछानेले २०८४ अघि नै मध्यावधि चुनाव हुन सक्ने भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई स्ट्याण्डवाइ रहन निर्देशन दिएका हुन् । उनले भनेका छन्, ‘सरकारको नेतृत्वकर्ता दल नै ०८४ को चुनावमा लागेको छ । सत्तासाझेदार दलका शीर्ष नेताहरु सरकारको

देश तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूलाई सकाएर बन्छ :मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मिसन ८४ ले देश नबन्ने भन्दै दलहरुप्रति ब्यंग्य हानेका छन् । आगामी २०८४ सालमा हुने आमनिर्वाचनलाई लक्षित गर्दै ‘मिसन–८४’ अभियान चलाइरहेका राजनीतिक दलहरुलाई लक्षित गर्दै उनले कवितात्मक शैलीमा मिसन ८४ ले देश नबन्ने र नेताहरूलाई सकाएर मात्र देश बन्ने बताएका हुन् । र्यापरसमेत रहेका उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ । तिमीहरूलाई सकाएर बन्छ ।’

सुरुङमा फसेका कामदारको १७ दिनपछि उद्धार

भारत । भारतको उत्तराखण्डमा निर्माणाधिन सुरुङमा फसेका ४१ कामदारको १७ दिनपछि सकुशल उद्धार भएको छ । उत्तरकाशीमा भत्किएको सिल्कियारा सुरुङमा १७ दिनदेखि फसेका ४१ कामदारलाई मंगलबार सकुशल उद्धार गरिएको हो । उनीहरुलाई उद्धार पश्चात अस्पताल भर्ना गरी स्वास्थ्य जाँचसमेत गरिएको छ । दुई हप्ताभन्दा बढीको लगातारको प्रयासपछि उनीहरूलाई बाहिर निकालिएको हो । सुरुङ बनाउने विशेषज्ञहरूले कामदारको उद्धारका लागि सोमबारदेखि म्यानुअल ड्रिलिङ सुरु गरेका थिए । म्यानुअल तेर्सो ड्रिलिङ गरेर उद्धारका

कुटपिटबाट कैलालीमा २६ वर्षीय युवकको मृत्यु, ७ जना पक्राउ

काठमाडौं । कैलालीमा एक युवकमाथि कुटपिट गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका–२ बस्ने २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट मृत्यु भएपछि लम्कीचुहा नगरपालिका–९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुलसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्ने अन्यमा लम्कीचुहाकै विशाल भुल, गणेश भुल, सन्तोष परियार, पिन्टु चौधरी, दिलबहादुर चौधरी र पुरन सार्की रहेका छन् । लम्कीचुहा नगरपालिका–९ घोराघाटस्थित आफन्तको विवाहमा आएका मोहनलाई विवेक लगायतका व्यक्तिहरूले मंगलबार

प्रहरीले दुर्गा प्रसाईंलाई पेप्सिकोलाबाट फिर्ता पठायो

काठमाडौँ । गौशालामा हुन लागेको प्रदर्शनमा आउन लागेका दुर्गा प्रसाईंलाई प्रहरीले फिर्ता पठाएको छ । पेप्सिकोला चोकमा रोकेर उनलाई ठिमी स्थित घरमा फिर्ता पठाइएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए ।  गौशालामा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले आजपनि प्रदर्शनको आयोजना गरेको छ ।  सोमबार गौशालामा झडप भएपछि प्रहरीले सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्य सहित १५ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा

टिकटक स्टार आयुष–एलिजेको जोडी राहत  सहित पुगे जाजरकोट

दिपेशजंग शाह, जाजरकोट : चर्चित नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर एलिजेह जमाली (एलिजे)को जोडी राहत सामाग्री सहित भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन ।  दुबईबाट गत बिहीबार नेपाल आएका उनीहरू भूकम्प प्रभावित क्षेत्रका प्रभावितलाई सहयोग गर्न करिब २० लाखको राहत सामग्री सहित आज मंगलबार जाजरकोटको कुसे गाउंपालिकाको कार्यालय आइपुगेको गाउँपालिकाका प्रशासकिय अधिकृत लालभक्त शाहीले जानकारी दिए ।  उनीहरूले जाजरकोटको कुसे गाउँपालिका–३ मा रहेका करिब १ सय ६५ घरधुरीलाई