स्वास्थ्य

चिकित्सक संघद्वारा आन्दोलन फिर्ता

काठमाडौं । चिकित्सक संघले आन्दोलन फिर्ता लिएको छ । आइतबार सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सकहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् । भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालका डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो । त्यसको विरोधमा देशभरका चिकित्सकले आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि वार्ता भएको थियो । वार्तामा सरकारले चिकित्सकलाई हातपात गर्नेलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६

भारतमा भेटियो नयाँ भाइरस

नयाँदिल्ली । भर्खरै संसार कोरोना भाइरसको प्रकोपबाट बाहिर निस्केको छ तर अहिले फेरी अर्को खतरनाक भाइरसले चुनौती थपिदिएको छ । कोरोनाको छिटपुट मामिलाहरू बीच केरलामा एक लयाँ भाइरस भेटिएको छ, जसले सबैको चिन्ता बढाएको छ। कोरोनापछि केरलामा निपाह भाइरसको संक्रमण तिब्र गतिमा बढिरहेको छ । केरलामा निपाह भाइरसको ५ भन्दा बढी केस फेला परेका छन् र सयौँ व्यक्ति पीडितको सम्पर्कमा आएकाले त्रास छाएको छ । प्रदेश सरकारले भदौ २४ सेप्टेम्बरसम्म

पहिलोपटक नेपालमा पाठेघर क्यान्सरविरुद्धको खोप लगाउन सुरु

काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध (एचपीभी) खोप दिन सुरु गरेको छ । आज स्वास्थ्यमन्त्री मोहन बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीबाट खोपको औपचारिक उद्घाटन गरेका हुन् । नेपालमा पहिलोपटक डेमोस्ट्रेसनका रुपमा १४ पूरा भई १५ वर्ष ननाघेका किशोरीलाई यो खोप दिन सुरु गरिएको हो ।सुरु भएको खोप कार्यक्रम सातै प्रदेशका प्रदेश स्तरीय अस्पतालबाट दिइनेछ ।  पहिलो चरणमा नौ हजार ५ सय किशोरीलाई खोप दिइने परिवार कल्याण महाशाखा अन्तर्गतको

आँखा पाक्ने रोगमा ‘इन्टेरो भाइरस’ सङ्क्रमण देखियो

काठमाडौं : नेपालमा अहिले देखिएको आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस)मा इन्टेरो भाइरस सङ्क्रमण बढी भएको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको १० नमूना परीक्षणमा ८० प्रतिशतमा इन्टेरो भाइरस सङ्क्रमण देखिएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नमूना सङ्कलन गरिएको थियो । यसअघि प्रयोगशालाले गरेको नमूना परीक्षणमा एडिनो भाइरस देखिएको थियो । यस्तै प्रयोगशालाले सातवटै प्रदेशमा रहेका अस्पतालबाट आँखा पाक्ने रोगको भाइरसको नमूना सङ्कलन

डेंगुका बिरामी बढेसंगै सतर्क रहन मन्त्रालयको अनुरोध

काठमाडौं । नेपालमा डेंगुका बिरामी दिनहुँ बढ्दै गएका छन् । पछिल्लो दुई हप्तामा मात्र दुई हजारभन्दा बढी जनामा डेंगु पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दुई साताअघि असार २५ गते सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पुस यता एक हजार एक सय ९२ जना बिरामी फेला परेकोमा असार २५ देखि साउन ५ गतेसम्म दुई हजारभन्दा बढी बिरामी थप भएका छन्। स्वास्थ्य संस्थाको सम्पर्कमा नआएका बिरामी अझ धेरै रहेको महाशाखाको

देशभर ५ बर्ष मुनिका बालबालिकालाई खोप लगाइदै

काठमाडौं । आज बृहत खोप अभियान । खोप लगाउन छुटेका ५ बर्ष मुनिका सबै बालबालिकालाई आज खोप लगाईदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभरीका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनु पर्ने नियमित खोप छुटेका ५ बर्ष मुनिका सबै बालबालिकालाई नियमित खोप दिइदैछ । जन्मने बित्तिकै लगाउने बिसिजी, ६ हप्तामा लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब, १० हप्ता भित्र लगाउने रोटा,

इथियोपियामा हैजाका कारण ९४ जनाको मृत्यु

अदिस अबाबा । संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (युएनओसीएचए) ले दक्षिणपूर्वी इथियोपियामा जारी हैजाका कारण मृत्यु हुनेको सङ्ख्या ९४ पुगेको जनाएको छ । युएनओसीएचएले बिहीबार अबेर जारी गरेको पछिल्लो स्थिति अद्यावधिकमा हैजाको प्रकोप सबैभन्दा लामो भएको र सीमापार फैलिने उच्च जोखिम रहेको जनाएको छ । बाढीले पूर्वी अफ्रिकी मुलुकका प्रभावित क्षेत्रमा हैजालगायत स्वास्थ्य जोखिमलाई अझ बढाएको पनि चेतावनी दिइएको छ । प्रभावित क्षेत्रमा करिब ४१ हैजा उपचार केन्द्र र

चौतारा साँगाचोकगढी नगरपालिकामा निःशूल्क स्वास्थ्य शिविर

काठमाडौँ ।महेन्द्र भवन भूतपूर्व विद्यार्थी संघ नेपाल (अम्बान)ले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रसंगको सहकार्यमा चौतारा साँगाचोकगढी नगरपालिकामा निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । अम्बानले यही वैशाख १ र १६ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीमा २ दिने शिविर सञ्चालन गरेको हो । निःशूल्क शिविरमा सिन्धुपाल्चोकका ६०० जनाको स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको थियो । स्वास्थ्य शिविरमा शहिद गंगालाल राष्ट्रिय हृदय केन्दका बरिष्ट डा. रबि मल्ल तथा वहाँका समूहका डाक्टर तथा

बिरामी परेका राष्ट्रपति पौडेललाई उपचारको लागि भारत लगियो

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि छिमेकी मुलुक भारत लगिएको छ । उनलाई अहिले केहीबेर अघि श्री एयरलाइन्समार्फत् भारतको नयाँ दिल्ली लगिएको हो । भारत लगिएका उनको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार हुने बताइएको छ । फोक्सोमा संक्रमण देखिएपछि राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको थियो । केही दिनअघि पनि पौडेल पेटसम्बन्धी समस्या भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । यसअघि चैत १८ गते अस्पताल भर्ना

थप १३६ संगै सक्रिय संक्रमितको संख्या ४०१ पुग्यो

काठमाडौं । शुक्रबार थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९७ पीसीआर र १२२७ एन्टिजेन परीक्षणमा ३४ र १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६८ जना संक्रमणमुक्त भएका छन् । यसअघि बिहीबार १०६ जनामा संक्रमण पुष्टि भएको थियो । नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही सातायता बढ्दो छ । हाल सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । १