आइपिएलः राजस्थानमाथि कोलकाताको ३७ रनको जित
काठमाडौं १५, असोज । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति दुबईमा भएको खेलमा कोलाकाता नाइट राइडर्स विजयी भएको छ । कोलकाताले राजस्थान रोयल्सलाई ३७ रनले पराजित गरेको हो । १७५ रनको लक्ष्य पछ्याएको राजस्थानले ९ विकेटको क्षतिमा १३७ रन मात्रै बनाउन सक्यो । उसका लागि टम करनले अविजित ५४ रन बनाउनु बाहेक अरुले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । कोलकाताका शिवम मावी, कमलेश नगरकोटी र वरुण चर्कवर्तीले समान