आजदेखि प्रधानमन्त्री कप प्रतियोगिता सुरु, आर्मी र गण्डकी भिड्दै
काठमाडौं । नेपाल क्रिकेट संघको आयोजनामा आजदेखि काठमाडौंमा प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता हुँदै छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण केही समय धकेलिएको प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान र मूलपानी क्रिकेट मैदानमा आयोजना हुने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । आजबाट हुने प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ । माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा ७