खेलकुद

१० वर्षपछि इंग्ल्याण्डले पाकिस्तानविरुद्ध जित्यो टेष्ट सिरिज

काठमाडौं १० भदौ । एण्डरसन टेष्ट क्रिकेटमा ६०० विकेट पूरा गर्ने पहिलो फास्ट बलर बन्दा घरेलु टोली इंग्ल्याण्डको १० वर्ष लामो प्रतिक्षा पनि सकिएको छ । इंग्ल्याण्डले १० वर्षपछि टेष्टमा पाकिस्तानलाई पराजित गरेको हो । तेस्रो तथा अन्तिम टेष्ट बराबरीमा सकिएपछि इंग्ल्याण्डले सिरिज १–० ले जितेको हो । पहिलो टेष्ट इंग्ल्याण्डले जितेको थियो भने दोस्रो टेष्ट वर्षाले प्रभावित बन्दा बराबरीमा सकिएको थियो । अन्तिम पटक सन् २०१० मा इंग्ल्याण्डले पाकिस्तानलाई

महेन्द्र सिंह धोनीकाे सन्याश: एक युगको अन्त्य

काठमाडौँ ३२, साउन । विश्वको नजर शनिबार साँझ त्यो इन्स्टाग्राम पोस्टमा अडियो जसमा महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश लिएको घोषणा गरे।लगत्तै सुरेश रैनाले पनि इन्स्टाग्राममा पोस्ट गरे कि उनी पनि यो यात्रामा धोनीकै साथमा छन्, अर्थात उनले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश लिएका छन्। सुरेश रैनाले भारतका लागि १८ टेस्ट म्याच र २२६ वनडेका अलावा कुल ७८ टि–२० म्याच खेले । २२६ वनडे म्याचमा रैनाले पाँच शतकको मद्दतले ५६१५ रन

मेसि कप्तान रहेको बार्सिलोनाको खराब हार

काठमाडौं ३१, साउन । स्पेनिस क्लब बार्सिलोना लज्जास्पद हारसहित च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ।लिस्बोनमा शुक्रबार राति भएको अन्तिम ८ को खेलमा बार्सिलोनाले र्जमन बुण्डेस लिगा क्लब बार्यन म्युखिनबाट ८ गोल खाएर स्तब्ध भएको हो । बार्यनले लियोनल मेस्सी कप्तानीको बार्सिलोनालाई ८–२ ले पराजित गरेको हो । चौथो मिनेटमा गोलको खाता खोलेको बार्यन म्युनिखले ८९ औँ मिनेटमा आठौँ गोल गरेको हो । बार्सिलोनाका लागि लुइस स्वारेजले ५७ औँ मिनेटमा एक

एग्युरोको कीर्तिमानी गोलसँगै सिटी नकआउट चरणमा

१६ कात्तिक, काठमाडौं । सर्जिओ एग्युरो क्लबको सर्वाधिक गोलकर्ता बन्दा म्यानचेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा म्यानचेष्टर सिटीले नापोलीलाई ४–२ गोल अन्तरले पराजित गर्‍यो । घरेलु मैदानमा भएको खेलमा नोपालीले २१ औं मिनेटमा इन्सिन्एको गोलबाट अग्रता लिएको थियो । तर, ३४ औं मिनेटमा सिटीका ओटामेन्डीले बराबरी गोल गरे । दोस्रो हाफमा सिटी हावी भयो । ४८ औं मिनेटमा स्टोन्सले गोल गरे

पहिलो टि-२० मा भारतको सहज जित

कार्तिक १६, २०७४-भारत र न्युजिल्यान्डबीच जारी तीन टि-२० सिरिजको पहिलो खेलमा भारत ५३ रनले विजयी भएको छ । टस जितेर फिल्डिङ रोजेको न्युजिल्यान्डको निर्णय सफल हुन सकेन । उसका लागि ओपनरद्वय रोहित शर्मा र शिखर धवनले समान ८०/८० रन बनाए । उनीहरुले पहिलो विकेटका लागि १ सय ५८ रन जोडेका थिए । भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय २ को योगफल खडा गर्‍यो । न्युजिल्यान्डका स्पिनर इस

एएफसी यू-१९ छनोट फुटबलमा नेपाल किर्गिस्तानसँग पराजित

१४ कात्तिक, काठमाडौं । एएफसी यू-१९ फुटबल च्याम्पियनसिपको छनोट चरणमा नेपालले घरेलु टोली किर्गिस्तानसँग दुई शून्य गोलको पराजय ब्यहोरेको छ । किर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोक रंगशालामा नेपालले खेल सुरु भएको २१औं मिनेटमै गोल खाएको थियो । नेपाली रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै घरेलु टोलीका स्ट्राइकर बोरुबाइभ गुल्झिगितले गोल गरे । त्यसयता नेपालले गोल गर्न सकेन । दोस्रो हाफमा केहि सुधारिएको प्रदर्शन गरे पनि नेपालले खेलको अन्तिम मिनेटमा दोस्रो गोल खायो ।