खेलकुद

सेमिफाइनलमा पुग्न सुदुरपश्चिम र वाग्मती प्रदेश भिड्दै

लमही । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्‌वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज (बिहीबार) दुई खेल हुँदै छन् । दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा बिहान ९ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले वाग्मती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । आजको खेलमा दुवै टोली जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउने योजनामा हुनेछन् । लिगमा समान दुई-दुई खेलेका दुवै टोलीको समान २-२ अंक छ । समूह ‘बी’मा रहेको एपीएफ यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । एपीएफले प्रतियोगितामा दुई

प्रतियोगिताबाट बाहिरियो बागमती, राप्ती फाइनलमा

काठमाडौं । गौतम बुद्ध कप क्रिकेट प्रतियोगितामा राप्ती फाइनल पुगेको छ । भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आइतवार बागमतीलाई ११ रनले पराजित गर्दै राप्ती फाइनलमा स्थान बनाएको हो । लगातार दोस्रो खेलमा पराजित भएपछि बागमती प्रतियोगिताबाट बाहिरिएको छ । १ सय ३० रनको मध्यम लक्ष्य पछ्याएको बागमती २ बल बाँकी छँदै अलआउट भयो । बागमतीका सोमपाल कामीले २८ बलमा सर्वाधिक ३५ रन बनाए । यसअघि पहिले ब्याटिङ

टि–२० बरियतामा सन्दीप एक स्थान माथि

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि–२० बरियताअनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लिएका छन् । आइसीसीले बुधबार सार्वजनिक गरेको बरियतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८०औँ स्थानमा पुगेका छन्। उनले भारतीय खेलाडी रवीन्द्र जडेजालाई पछि पार्नुभएको छ । जडेजा ८१ औँ स्थानमा छन् । यसअघिको बरियतामा लामिछाने ८१औँ स्थानमा थिए । चर्चित बलरहरु बेन स्टोक र कार्लोस ब्रेथवेट पनि नयाँ

नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना संक्रमण

काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहिबारदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ । कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन् । नेपालले बङ्गलादेशसितको मैत्रीपूर्ण खेलका लागि बिहिबारदेखि प्रशिक्षण सुरु गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु भएको प्रशिक्षणमा ३० खेलाडी उपस्थित भएका थिए । नेपालले बङ्गलादेशसित ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पहिलो

आइपिएलः राजस्थानमाथि कोलकाताको ३७ रनको जित

काठमाडौं १५, असोज । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति दुबईमा भएको खेलमा कोलाकाता नाइट राइडर्स विजयी भएको छ । कोलकाताले राजस्थान रोयल्सलाई ३७ रनले पराजित गरेको हो । १७५ रनको लक्ष्य पछ्याएको राजस्थानले ९ विकेटको क्षतिमा १३७ रन मात्रै बनाउन सक्यो । उसका लागि टम करनले अविजित ५४ रन बनाउनु बाहेक अरुले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । कोलकाताका शिवम मावी, कमलेश नगरकोटी र वरुण चर्कवर्तीले समान

रोहित चम्कदा मुम्बईको पहिलो जित

एजेन्सी । साविक विजेता मुम्बई इन्डियन्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित दर्ता गरेको छ । बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ४९ रनले पराजित गर्दै मुम्बईले पहिलो जित निकालेको हो । अबुधाबीस्थित शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो । कोलकत्ताका पाट कुमिन्सले सर्वाधिक

आईपीएलमा सन्दीप लामिछाने खेल्न पाउने सम्भावना कति ?

भारतीय राष्ट्रिय टोलीका पूर्वखेलाडी र अहिले एक चर्चित खेल कमेन्टेटर आकाश चोपडालाई अघिल्लो हप्ता नेपाली क्रिकेट समर्थकहरूले र्‍याखर्‍याखती पारे, विषय पात्र सन्दीप लामिछाने थिए। उनले सामाजिक सञ्जाल फेसबुकमा राखेको भिडिओमा नेपाली समर्थकहरूको प्रश्न थियो, दिल्ली क्यापिटल्समा रहेका चार स्पिनरहरूमध्ये नियमित रूपमा टीममा पर्नसक्ने दुईजना को हुन्? लामिछानेप्रति नेपाली समर्थकहरूको चासो सहजै बुझेका उनले भने, “मलाई थाहा छ, तपाईँहरूको चासो दिल्लीलाई कस्तो वा कुन प्रकारको स्पिनर आवश्यक छ भन्नेमा होइन, लामिछाने

थप उपचारका लागि क्रिकेटर भण्डारी काठमाडौँको ग्रान्डी अस्पतालमा

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट खेलाडी ललित भण्डारीलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । गम्भीर मोटरसाइकल दुर्घटनापछि धनगढी र कोहलपुरमा प्रारम्भिक उपचार गरिरहेका भण्डारीलाई थप उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पताल ल्याइएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रक र म २ प ४७०५ नम्बरको मोटरसाईकल आपसमा ठोकिएको थियो। जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नम्बर १० का राष्ट्रिय क्रिकेट खेलाडी २८ वर्षका

आईपीएल खेल्न यूएईतर्फ लागे सन्दीप लामिछाने

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ लागेका छन । उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) सक्काएर हिजो यूएई उडेका हुन् । ट्रिनडाड एण्ड टोबागोबाट नेपाल नफर्किकनै सन्दीप सोझै युएई गएको उनका ब्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । आईपीएल खेल्न सन्दीपसँगै सीपीएलमा सहभागी अन्य खेलाडी पनि युएईतर्फ लागेका छन् । यस वर्षको आईपीएल कोरोना भाइरसको महामारीका कारण भारतमा नभइ युएईमा हुँदै छ । सन्दीपले

फाइनल प्रवेशका लागि सन्दीप सम्मिलित जमैका ट्रिनबागोसँग खेल्दै

काठमाडौँ – लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को फाइनल प्रवेशका लागि अहिले भिड्दैछ । जमैकाले सीपीएलको शीर्ष स्थानको टोली ट्रिनबागो नाइट राइडर्ससित सेमिफाइनल खेल खेल्दै। नाइट राइडर्स समूह चरणको सबै खेलमा विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको हो भने जमैका चौथो स्थानमा रहँदै सेमिफाइनलको यात्रा तय गर्न पुगेको हो । उक्त खेलमा हालसम्मको खेल प्रदर्शनका आधारमा सन्दीपले जमैकाको तर्फबाट बलिङ गर्न पाउने निश्चित जस्तै