प्रवास

कोरोना भाइरसविरुद्धको दश लाख डोज खोप आइपुग्यो नेपाल, औषधि सेवन गरेकालाई असर गर्ने

काठमाडौँ । नेपालमा कोभिड–१९ संक्रमण देखिएको एक वर्षपछि नेपाली नागरिकले भारत सरकारको सहयोग स्वरुप कोरोना भाइरसविरुद्धको खोप पाउने भएका छन् । भारत सरकारले अनुदानस्वरुप दिएको कोरोना भाइरसविरुद्धको दश लाख डोज खोप नेपाल आइपुगेको छ । बिहीबार बिहान ११ः ४८ बजे एयर इण्डियाको जहाजमार्फत खोप त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेको हो । विमानस्थालमा एक औपचारिक कार्यक्रमबीच भारतले नेपाललाई उक्त खोप हस्तान्तरण गरेकाे छ । सो खोप हस्तान्तरणपछि सिधै टेकूस्थित राष्ट्रिय खोप भण्डार

भारतले आजबाट नेपालसहितका छिमेकीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउदै

काठमाडौं । भारतले आज वुधवारवाट नेपालसहित नजिकका छिमेकीको लागि कोरोनाविरुद्धको खोप उपलब्ध गराउने जनाएको छ । भारतको विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार नेपालसहित भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमारलगायतका राष्ट्रहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने उल्लेख छ । भारतमा निर्मित खोपहरुको आपूर्तिका लागि अनुरोध गरेका छिमेकी देशहरुलाई खोप उपलब्ध गराउन लागिएको हो । अनुदान सहायता अन्तर्गत खोप उपलब्ध गराउन लागेको जारी विज्ञप्तिमा उल्लेख छ । भारतले यसअघि त्यहाँ निर्मित कोरोनाविरुद्धको खोप लगाउन

मस्को विमानस्थलवाट पक्राउ परे पुटिनका आलोचक नभाल्नी

स्नायु विषको प्रयोगका कारण झन्डै ज्यान गुमाएका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई महिनौँपछि जर्मनीबाट मस्को फर्किएको केही समयमै हिरासतमा लिइएको छ। उनलाई पक्राउ गरेकोप्रति पश्चिमा नेताहरूले मस्कोको निन्दा गरेका छन्। क्रेमलीनका आलोचक ४४ वर्षीय नभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले हिरासतमा लिएका थिए। उनलाई अभिवादन गर्न मस्कोको नुकोभो विमानस्थलमा भिड जम्मा भएपछि उनको विमान अन्यत्रै ओरालिएको थियो।   नभाल्नीले उनलाई विष दिने कार्यका पछाडि रुसी अधिकारीहरू रहेको बताएका छन्। खोजपत्रकारहरूले

विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड नाघ्यो

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या विश्वमा ९ करोड २५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोना संक्रमित हुनेको संख्या ९ करोड २५ लाख ६ हजार ८८१ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ लाख ८८ हजार १५ संक्रमित थपिएका छन् । सोही अवधीमा १४ हजार ७१८ कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्यांक अनुसार कोरोना संक्रमणका कारण हालसम्म विश्वमा मृत्यु हुनेको संख्या २० लाख

भारतले आजदेखि कोरोनाविरुद्धको खोप सर्वसाधारणलाई लगाउदै

काठमाण्डौं । भारतले कोरोनाविरुद्धको खोप आजदेखि सर्वसाधारणलाई लगाउन सुरु गर्दैछ ।स्थानीय समयअनुसार बिहान साढे १० बजे खोप अभियानको सुरुवात गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खोप अभियानको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुहुने छ।अभियान उद्घाटन लगत्तै प्रधानमन्त्री मोदीले स्वास्थ्यकर्मीसँग कुराकानी गर्ने कार्यक्रम छ । भर्चुअल रुपमा हुने कुराकानीमा देशभरका तीन हजार छ वटा खोप केन्द्रका स्वास्थ्यकर्मी सहभागी हुन सक्नेछन् । अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा एक सयका दरले

भारतमा निर्मित खोपलाई आपतकालीन प्रयोगका लागि सरकारले दियो अनुमति

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको आपतकालीन खोप प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागले भारतीय कम्पनी सेरम इन्स्टिच्यूटले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामक कोरोनाविरूद्धको खोप नेपालमा आपतकालीन प्रयोग गर्न अनुमति दिएको हो ।   विभागको शुक्रबार बसेको बैठकले आपतकालीन प्रयोगका लागि भारतीय कम्पनीले तयार पारेको खोप खरिद गर्ने निर्णय गरेको विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए । सरकारले पहिलो पटक कोरोना भाइरसविरुद्धको खोप प्रयोगको अनुमति दिएको हो । सिरम

रियल म्याड्रिडलाई हराउदै एथलेटिको बिल्वाओ फाइनलमा प्रवेश

एजेन्सी – साविकको विजेता रियल म्याड्रिडलाई हराउदै एथलेटिको बिल्वाओ स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।     बिहीबार राति भएको खेलमा एथलेटिको बिल्वाओले रियललाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । बिल्वाओको जितमा दुवै गोल राहुल गार्सियाले गरे । रियलका करिम बेन्जेमाले एक गोल फर्काएपनि फाइनल पुग्न पर्याप्त बनेन ।   यससँगै बिल्वाओले गत डिसेम्वरमा बेहोरेको ३–१ को हारको बदलासमेत लिन सफल हुदा रियलमाथि ११

बाक्लो हिमपातमा परी जापानमा १३ जनाको मृत्यु

टोक्यो (एजेन्सी) जापानको समुद्री तटीय क्षेत्रमा भएको बाक्लो हिमपातमा परेर कम्तीमा १३ जनाको मृत्यु भएको जापानी उद्धारकर्मीहरुले जनाएका छन् । जापानी अग्नि तथा विपद व्यवस्थापन निकायका अनुसार उक्त घटनामा परेर २५० भन्दा बढी व्यक्ति घाइते भएका छन् । स्थानीय संचार माध्यमले फुकुई प्रिफेक्चरमा ६० र ८० को आसपास उमेरका तीन व्यक्तिको मृत्यु भएको जनाएका छन् । हिउँसँग सम्बन्धित दुर्घटनामा यहाँ ४७ जना घाइते भएका छन् ।     यस्तै, नीगाता

राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउने तयारी

अमेरिकामा डेमोक्र्याटहरूले बुधवार अमेरिकी क्यापिटल भवनमा भएको घटनामा राष्ट्रपति डोनल्ड ट्रम्पको भूमिकाका कारण महाभियोग लगाउने योजना गरेका छन्।सभामुख न्यान्सी पेलोसीले यदि ट्रम्पले तत्काल पदबाट राजीनामा नदिए महाभियोगको प्रक्रिया अगाडि बढाउने बताएकी हुन्।डेमोक्र्याटहरूले संसद्‌मा सोमवार “राज्यद्रोह प्रोत्साहन” अभियोग पेश गर्दैछन्।पाँच जनाको ज्यान जाने गरी संसद्‌मा भएको दङ्गालाई प्रोत्साहन गरेको आरोप उनीहरूले ट्रम्पमाथि लगाएका छन्।   राष्ट्रपति निर्वाचित जो बाइडनले महाभियोगबारे संसद्ले निर्णय गर्ने बताएका छन्। बाइडनले ” लामो समयदेखि आफूलाई ट्रम्प

रुसमा १ लाखभन्दा बढी नागरिकले लगाए कोरोनाविरुद्धको खोप

एजेन्सी : रुसमा एक लाखभन्दा पनि बढी नागरिकले रुसले नै विकास गरेको कोभिड १९ विरुद्धको खोप लगाएका छन् । रुसले गएको अगष्ट महिनामा नै कोभिड १९ का विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो । सो खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा ल्याएको हो । गत अगष्ट ११ मा नै रुसले सो खोप प्रयोगमा ल्याएको बताइएको थियो ।  यसरी रुस कोभिड १९ विरुद्धमा खोप लगाउने विश्वकै पहिलो देश भएको पनि