फिल्म ‘डिसेम्बर फल्स’ मा आर्यन र उपासनाको जोडी
काठमाडौं – फिल्म ‘डिसेम्बर फल्स’ मा उपासना सिंह ठकुरी अनुबन्धित भएकी छिन् । फिल्म ‘कबड्डी ३’ बाट चर्चामा आएकी उपासनाले यस फिल्ममा आर्यन सिग्देलको जोडीको रुपमा भूमिका निभाउनेछिन् । यसअघि यस फिल्ममा सुहानालाई अफर गरिएको थियो । तर सुहाना फिल्म ‘ए मेरो हजुर ४’ मा व्यस्त रहेकोले निर्माण टिमले उपासनालाई फिल्ममा अनुबन्ध गरेको हो । प्रवीण झाको निर्देशनमा बन्न लागेको यस फिल्ममा अब आर्यन र उपासनासँगै सलोन बस्नेत, सुमन थापा,