शेखर समूहले ३ मन्त्री र १ राज्यमन्त्री पाउने
काठमाडौं । नेपाली कांग्रेसेका नेता डा. शेखर कोइराला समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । बिहीबार बिहान बसेको शेखर समूहको बैठकमा नेता कोइरालाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारमा आफ्नो समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने जानकारी गराएका हुन् । वर्तमान सरकारमा नेपाली कांग्रेसले आठ मन्त्रालय पाएको छ । गत चैत १७ मा प्रधानमन्त्री ‘प्रचण्ड’ले मन्त्रिपरिषद बिस्तार गर्दा कांग्रेसले ४ जनालाई मात्रै मन्त्री बनाएको थियो ।