हामीले जो भन्छौं उही राष्ट्रपति हुन्छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको राष्ट्रपति आफूहरुले भनेकै व्यक्ति आउने बताएका छन् । राष्ट्रपतिको सम्बोधनपछि संसद भवनबाट बाहिरिने क्रममा अबको राष्ट्रपति को हुन्छ भन्ने प्रश्नमा ओलीले भने– ‘हामीले जो भन्छौं उही हुन्छ ।’ राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदै छ । राष्ट्रपतिबारे सत्ता गठबन्धन दलमा एकमत देखिँदैन । अध्यक्ष ओलीले सुदूरपश्चिमको सरकार ढलेपछि केन्द्रमा के हुन्छ भन्ने प्रश्नको उत्तरमा यतिमात्र भने- हेर्दै जाउँ के हुन्छ ।