काँग्रेस सभापति देउवाले प्रधानमन्त्रीमा दाबी पेस गर्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा बहुमतको सरकार निर्माणका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्ने भएका छन् । सभापित देउवाले काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन दिन लागेको काँग्रेस नेता रमेश लेखकले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समय सीमा आज राति ९ बजे