विशेष समाचार

स्रोत नखुलेको डेढ करोड रुपैयाँ बरामद, ८ जना पक्राउ

काठमाडौं । प्रहरीले नेपालगञ्जबाट दुई दिनमा १ करोड ३० लाख ४८ हजार सात सय नेपाली रुपैयाँ र १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार, आइतबार र सोमबार चलाएको अपरेसनमा तीन वटा समूहबाट डेढ करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको रकम बरामद भएको हो । आइतबार ३९ लाख २० हजार रुपैयाँसहित राजपुर–१, बर्दियाका अनुप थारु, पूर्णिमा चौधरी र नेपालगञ्जका हफिक

राष्ट्रिय सभामा अध्यक्षको उम्मेदवारी दर्ता आज

काठमाडौं : राष्ट्रिय सभाको अध्यक्षका लागि आज मनोनयन दर्ता हुने भएको छ । संघीय संसदले निकालेको निर्वाचन कार्यक्रमअनुसार अध्यक्षमा दाबी गर्ने उम्मेदवारको मनोनयन दर्ता गरिने तालिका रहेको छ । उम्मेदवारी दर्ताका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म समय दिइएको छ । आजै साढे १ बजे उमेदवारको नामावली प्रकाशित हुनेछ । अध्यक्षका लागि सत्तारुढ नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई उम्मेदवार बनाएको छ । त्यस्तै, नेपाली कांग्रेसले युवराज शर्मालाई अघि

श्रीमान गुमाएकी बिरामी लौटि, जसलाई अमेरिकाबाट गरे लिल बहादुरले सहयोग

नेपालगन्ज : गत भाद्र महिनामा मोटरसाइकल दुर्घटनामा परि लौटि थारुका श्रीमानको ज्यान गयो । साहरा दिने एक मात्र श्रीमानले सन्सारै छाडेर गएपछि लौटिलाई बज्रपात नै पर्यो । घर खर्च देखि सबै खर्च बेहोर्ने श्रीमान नहुँदा लौटी थारुको जीवन कष्टकर बन्दै गएको छ । आफु बेरोजगार त्यसैमाथि विरामि । ज्याला मजदुर गर्न नसक्ने अवस्थामा रहेकी थारुलाई आफु सगैं रहेका दुई छोरा छोरी हुर्काउन र पढाउन मुस्किल पर्दै गएको भिडियो सामाग्री खबरगन्ज

जसपाबाट उपेन्द्र, नवलकिशोर र दीपक मन्त्री बन्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । सत्ता समीरकण परिवर्तनपछि प्रधानमन्त्रीले आज जनता समाजवादी पार्टीलाई समेटेर तेस्रोपटक मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुँदैछ । यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रालय सम्हाल्ने छन् । जसपाका अर्का नेता नवलकिशोर साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । जसपाकै दीपक कार्की स्वास्थ्य राज्यमन्त्री हुनेछन् । उनीहरुले आज

भव्य बन्यो मोना कतारको ५ औं विविध साँस्कृतिक कार्यक्रम

दर्शन सुनार/कतार : म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले पाचौं विविध साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । मोना कतारले शुक्रबार टयुनिसियल स्कुलको सभाहलमा संघको “२१ औ वार्षिकोत्सव” को अवसर पारेर मोना कतार बहुउद्देश्यीय अक्षयकोषको कोष वृद्धि तथा विशेष “पाँचौ विबिध साँस्कृतिक कार्यक्रम २०२४” सम्पन्न गरेको हो । विधिगत उदंघाटन पञ्चेबाजासहित समुद्घाटन गर्दै केक काटेर दीप प्रज्वलनसहित शुभारम्भ गरिएको कार्यक्रममा म्याग्देली चेली यमुना पटेलले म्याग्दी जिल्लामा प्रचलित मौलिक थाली

नेपाली महिला समाज कतारले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

दर्शन सुनार/कतार : नेपाली महिला समाज कतारले “११४ औं अन्तर्राष्ट्रिय नारी दिवस भव्य रुपमा मनाएको छ । नेपाली महिला समाज कतार र एनसिसी कतार अन्तर्गतको महिला विभाग र श्रमिक सचेतना तथा परामर्श विभागको संयुक्त आयोजनामा शुक्रबार सनैयाको फुलवारि रेष्टुरेन्टको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस शुभकामना तथा सचेतना कार्यक्रम २०२४ मनाएको हो । नेपाली महिला समाज कतारका अध्यक्ष लोक माया केसीको सभापतित्व तथा नेपाली राजदूतावास कतारका

कतारमा वृहत् रक्तदान : ४५ जनाले दिए रगत

दर्शन सुनार/कतार : गण्डकी प्रदेश समन्वय परिषद कतारले वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । गण्डकी प्रदेश कतारको आयोजना तथा नेपाली रक्तदाता संघको समन्वयमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । कतारको अलसाद स्थित हमाद हस्पिटलको ब्लड डोनर सेन्टरमा आयोजित  रक्तदान कार्यक्रममा १ सय २५ जनाको उपस्थिति रहेको थियो। ५८ जनाले रक्तदानको लागि आफ्नो नाम रजिष्ट्रेसन गराएका थिए। जस मध्ये ४५ जनाले रक्तदान गरेका थिए भने १३ जनाचाहिँ  रक्तदान गर्न नमिल्ने लिस्टमा

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार चोकमा गए राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय अभि दाहाल रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । मृतक काका भतिजा हुन् । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्र १–०२–०४१ प ६६१९ नं को मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको प्र १–०२–००१ क ४५७८

देशभर एकैसाथ ‘रङ्गेली, उपहार र काँडेतार’ प्रदर्शनमा

काठमाण्डौं : देशभर एकसाथ आज शुक्रबारबाट तीन नेपाली चलचित्रहरु प्रदर्शनमा आएका छन। अर्जुन सुवेदीद्वारा निर्देशित चलचित्र ‘रङ्गेली’, ज्ञानेन्द्र देउजाद्वार निर्देशित चलचित्र ‘उपहार’ र नवल खड्काको निर्माण, निर्देशन रहेको चलचित्र ‘काडेतार’ एकसाथ प्रदर्शनमा आएका हुन । ‘रङ्गेली’ – अर्जुन सुवेदीको डेब्यू निर्देशनमा तयार भएको चलचित्र ‘रङ्गेली’मा ग्याङस्टारबिच हुने लडाइको कथालाई उठान गरिएको छ । सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत, सुशन प्रजापतिको छायांकन छ, जितेन्द्र खतिवडा र अनुज जंग थापा कार्यकारी

आज महाशिवरात्रि ,पशुपतिमा दर्शनार्थीको घुइँचो

काठमाडौं । आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदैछ । यसैक्रममा आज आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गएरातिदेखि नै पशुपतिमा भीड लागेको छ ।  बिहान २ बजेदेखि अहिलेसम्म पशुपतिनाथमा करिब एक लाखभन्दा बढी भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवणीरमण अधिकारीले जानकारी दिए । उनका अनुसार अहिले भक्तजनलाई मन्दिर प्रवेशदेखि भगवानको दर्शनका लागि भीड कम भएका कारण सहज भएको छ । भक्तजनको सहजताका लागि