विशेष समाचार

कांग्रेसले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम

काठमाण्डौं । प्रतिनिधिसभा विघटनको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।आइतबार बसेको केन्द्रीय समिति बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध प्रदर्शनको कार्यक्रम तय गरेको हो ।   केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार पुस २५ गते देशभरका ३३० वटा प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्नेछ । त्यसपछि माघ ३ गते ७५३ वटै स्थानीय तहमा र माघ ८ गते ६७४३

सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा १० जना नक्कली परीक्षार्थी  पक्राउ

काठमाण्डौं । सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी जवान पदको खुला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका १० जना नक्कली परीक्षार्थी  पक्राउ परेका छन् । शनिबारको परीक्षामा विभिन्न जिल्लामा नक्कली परीक्षार्थी पक्राउ परेका  हुन् । साधारण समूहको उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा सशस्त्र प्रहरी बलको तर्फबाट ‘थम्ब रिडर बायोमेट्रिक डिभाइस’ प्रयोग गरी परीक्षार्थीहरूको यकिन गर्ने क्रममा नेपालभरका विभिन्न परीक्षा केन्द्रहरूबाट १० जना नक्कली परीक्षार्थी फेला पारेका हुन् ।

चीनले आफ्नो देशमा निर्माण भएको कोरोना विरुद्धको खोपलाई दियो प्रयोग गर्ने अनुमति

काठमाडौं । चीनले आफ्नो देशमा निर्माण भएको कोरोना भाइरस विरुद्धको खोपलाई यहाँ प्रयोग गर्ने अनुमति बिहीबार दिएको जनाएको छ । चीनको एक सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी बायालोजिकल प्रोडक्ट् इन्स्टिच्युट प्रोडक्ट्स लिमिटेडको साइनोफार्मले तयार पारेको कोरोनाभाइरस विरुद्धको सो खोपको भारतमा प्रयोग गर्न पाइने गरी अनुमति दिएको हो ।   बिहीबार सो खोपको सार्वजनिक प्रयोगका लागि सशर्त स्वीकृति दिएको यहाँका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । सो खोप अब चिनियाँहरुले आफ्नो

वर्दियामा मोटरसाइकल सवार महिलालाई बाघले झम्टिएर लग्यो

काठमाडौं । बर्दियामा मोटरसाइकलमा सवार एक महिलालाई बाघले झम्टिएर लगेको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने पश्चिम कुँवाभार नजिक मोटरसाइकलमा रहेकी महिलालाई पाटेबाघले झम्टेर लगेको बताइएको छ ।   विस्तारै चलेको मोटरसाइकलमा छोरासँगै बसेकी ५२ वर्षकी नन्दकला थापालाई बाघले झम्टिएर लगेको थियो । सूपप्र १००८ प ६८०१ नम्बरको मोटरसाइकलमा नन्दकला छोरासँगै घर जाँदै गर्दा कैलाली लम्किचुहा नगरपालिका ४ की ५० नन्दकला थापालाई पाटेबाघले झम्टेर लगेको निकुञ्जले जनाएको

माघ १ गतेबाट चलचित्र 'एउटा यस्तो प्रेम कहानी' प्रदर्शन हुँदै

काठमाडौं : चलचित्र हलहरु खुलेको एक हप्ता भइसक्दा पनि हलका दर्शकको उपस्थिति शून्य छ। उसो त हाल पुरानै चलचित्रहरु प्रदर्शन भइरहेकोले हलहरु सम्म दर्शक आउने र नहेरेरै फर्किने गरेको हलवालाहरु बताउँछन् । नयाँ चलचित्रहरुको आशा दर्शकको रहेकोले पूरा चलचित्र हेर्न नरुचाएको पाइएको छ। यसैबीच, दर्शकको इच्छालाई ध्यानमा राख्दै माघदेखि नयाँ चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आउने भएको छ। माघीको अवसर पारेर प्रदर्शन हुन लागेको चलचित्रमा अभिनेता शिव श्रेष्ठ र

पत्रकार महासंघ बाँकेको १२ औं अधिवेशन कोहलपुरमा सुरु

कोहलपुर : नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाँकेको १२औं जिल्ला अधिवेशन कोहलपुरमा सुरु भएको छ । बाँके जिल्ला शाखाला अध्यक्ष ठाकुरसिंह थारुको अध्यक्षतामा सुरु भएको अधिवेशन सुरु भएको हो। नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव उदय जिएमले उद्घाटन गरेको अधिवेशनको अहिले शुभकामना मन्तव्य दिने क्रम चलिरहेको छ। अधिवेशन कार्यक्रममा बाँके जिल्लाका विभिन्न सन्चार माध्यममा कार्यरत पत्रकार तथा सन्चारकर्मीहरुको उपस्थिति रहेको छ।

विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ लाख नाघ्यो

काठमाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा ९ हजार ९२१ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण १८ लाख ८ हजार ४१ जनाको मृत्यु भइसकेको छ ।   पछिल्लो २४ घण्टामा ४ लाख ७० हजार ४६ कोरोना संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । हालसम्म विश्वमा ८ करोड १९ लाख ४७ हजार ५०३ जनामा संक्रण भइसकेको छ ।

सरकारी जग्गा कीर्ते अभियोगका नेकपा नेता पुरी साधारण तारेखमा रिहा

काठमाण्डौं । विशेष अदालतको ‘निर्देशनात्मक आदेश’ पछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा नेता रेवतराज पुरी ‘गगन’लाई तारेखमा रिहा गरेको छ।३९ दिनयता सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका दमकका नेकपा नेता पुरी शुक्रबार तारेखमा छुटेका हुन्। पुरीलाई नियमित हाजिर हुने गरी रिहा गरिएको विभाग स्रोतले जनायो।   सरकारी जग्गा कीर्ते गरी हत्याएको अभियोगमा उनलाई विभागले पक्राउ गरेको थियो। तर, विशेष अदालतले उनलाई थुनामा राख्ने अनुमति नदिएपछि विभागले शुक्रबार रिहा गरेको हो।पुरीलाई

फाइजर–बायोएनटेक खोपलाई  विश्व स्वास्थ्य संगठनद्धारा अनुमति

जेनेभा (एएफपी) । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप सहज बनाएको छ ।   बेलायतले गत डिसेम्बर ८ मै फाइजरको खोपलाई अनुमति सहित आमजनतालाई खोप दिन थालिसकेको छ । साथै यी खोप अमेरिका, क्यानाडा र युरोपेली संघमा आबद्ध मुलुक सहित अन्य कतिपय मुलुकले

पुरुषलाई मन नपर्ने महिलाका बानीहरु

काठमाण्डौं । १) महिलाहरुले खित्का छाडेर हाँसेको पुरुषले मन पाराउँदैनन् । कुनैपनि महिलाले जव आफूले गरेका गल्ती लुकाउन हाँसेर टार्ने प्रयास गर्छन भने त्यो बेला पुरुषहरुलाई रिस उठ्ने गर्छ ।   २) कुनैपनि महिलाले बारबार उठाउने यस्ता बेतुकका कुराहरु पुरुषलाई मन पर्दैन । उनीहरु के म मोटी छु,मेरो सौन्दर्य कस्तो छ, मलाई मानिसहरुले कसरी लिन्छन् जस्ता कुराहरु बारबार निकालेर पुरुषलाई हैरान बनाउँछन् तर पुरुषलाई यस्तो बानी मन पर्दैन ।