विशेष समाचार

उत्तर प्रदेशमा फेरि अर्की दलित युवतीको सामूहिक बलात्कारपछि हत्या

काठमाडौं १५, असोज । भारतको उत्तर प्रदेशमा लगातार सामूहिक बलात्कारपछि हत्याका घटना भइरहेका छन् । हाथरसमा सामूहिक बलात्कारको घटनाले पूरै भारतभर प्रदर्शन भइरहेको छ । मानिसहरु आक्रोशित छन् । हाथरसको घटना सेलाउन नपाउँदै उत्तर प्रदेशकै बलरामपुरमा एक दलित युवतीको सामूहिक बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ । युवतीका परिवारका सदस्यले बलरामपुर प्रहरी चौकीमा सामूहिक बलात्कारपछि हत्या भएको उजुरी दिएका छन् । प्रहरीले ट्वीट मार्फत सामूहिक बलात्कारपछि हत्या भएको उजुरी

आइपिएलः राजस्थानमाथि कोलकाताको ३७ रनको जित

काठमाडौं १५, असोज । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति दुबईमा भएको खेलमा कोलाकाता नाइट राइडर्स विजयी भएको छ । कोलकाताले राजस्थान रोयल्सलाई ३७ रनले पराजित गरेको हो । १७५ रनको लक्ष्य पछ्याएको राजस्थानले ९ विकेटको क्षतिमा १३७ रन मात्रै बनाउन सक्यो । उसका लागि टम करनले अविजित ५४ रन बनाउनु बाहेक अरुले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । कोलकाताका शिवम मावी, कमलेश नगरकोटी र वरुण चर्कवर्तीले समान

असोज ११ गतेबाट तातोपानी नाका खुल्ने

काठमाडौं – सिन्धुपाल्चोकको तातोपानी नाका असोज १९ गतेदेखि खुल्ने भएको छ । मंगलबार  नेपाल र चिनियाँ पक्षबीच भएको द्वीपक्षीय बैठकले असोज १९ गतेदेखि नाका खुला गर्ने निर्णय गरेको हो । बैठकमा लामो समयदेखि बन्द रहेको तातोपानी नाका सञ्चालनमा ल्याउने निर्णय भएको जनाइएको छ । उक्त बैठकमा नेपालको तर्फबाट सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० उमेश ढकाल र चीनको तर्फबाट ल्हासाका अधिकारी सहभागी रहेका थिए ।

रुसले २ करोड ५० लाख कोरोनाविरुद्धको खोप नेपाललाई दिने

काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको कारण विश्वका धेरै देश प्रभावित भएका छन् । कोरोनाकै कारण विश्वका धेरै मानिसहरुले ज्यान पनि गुमाइरहेका छन् । यस्तो अवस्थामा रुसमा बनेको कोरोना खोपले मानिसहरुलाई केही आशा दिएको छ । यस्तै नेपालको लागी एक खुशीको खबर आएको छ । रुसले २ करोड ५० लाख कोरोना विरुद्धको खोप नेपाललाई दिने भएको छ । मंगलबार रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि

जुना श्रीस र रोशन कुतालको आवाजमा 'रामकसम' रिलिज (भिडियो)

काठमाडौं : लोकप्रिय सर्जक केशव पौडेल र कृष्ण खरेलको संयुक्त प्रस्तुतिमा नयाँ गीत रिलिज भएको छ। शनिबार रिलिज भएको “रामकसम” बोलको गीतमा रोशन कुताल क्षेत्री र जुना श्रीस मगरको सुमधु आवाज रहेको छ। गीतमा सर्जक केशव पौडेलका उत्कृष्ट शब्दहरु रहेका छन् । चोखो माया गर्ने प्रेमिल जोडिको कथालाई सर्जक पौडेलले गीत मार्फत उतारेका छन् । गीतमा रोशन कुतालकै दमदार संगीत रहेको छ। डान्सिङ बिटमा आधारित गीतको अडियो एकदम उत्कृष्ट छ।

ऐतिहासिक फिल्म निर्देशकको मृत्यु

दमक । शहिद रत्नकुमार वान्तवाको जीवनीमा आधारित ऐतिहासिक फिल्म ‘देउमाइको किनारमा’ का लेखक तथा निर्देशक प्रेम शेर्मा (माङ्जाबुङ्गे) को निधन भएको छ । लामो समयदेखि मिर्गौला र कलेजोको समस्याबाट पीडित शेर्माको आज आफ्नै निवासमा निधन भएको हो । पचपन्न वर्षीय शेर्मा मोरङको उर्लावारीस्थित आइतबारेमा परिवारसहित बस्दै आएका थिए । उनका श्रीमती, दुई छोरी र एक छोरा रहेका । उनी फिल्मी क्षेत्रसँगै साहित्य र सांस्कृतिक आन्दोलनमा सक्रिय रहँदै आएका थिए । शेर्माको

नागरिक अगुवाहरुको सामूहिक आह्वान– डा. केसीको जीवनरक्षा गर

काठमाडौँ  । नागरिक अगुवाहरुले सामूहिक आह्वान गर्दै अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गरेका छन् । विभिन्न ६ बुँदे माग राखेर दुई सातादेखि अनशनमा रहेका डा. केसीको जीवनरक्षा गर्न उनीहरुले सरकारलाई सामूहिक आह्वान गरेका हुन् । आइतबार संयुक्त अपील जारी गर्दै विभिन्न क्षेत्रका २३ जना नागरिक अगुवाहरुले डा. केसीको स्वास्थ्य अवस्था खराब हुँदै गएको भन्दै जीवनरक्षा गर्न माग गरेका हुन् । उनीहरुले कुनै पनि बेला डा. केसीको स्वास्थ्य अवस्था गम्भीर

नवलपरासीमा पहिरोले पुरिएर एकको मृत्यु ६ जना घाइते

कावासोती।                                                            नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खसाल्दा एकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट खसेको पहिरोको कारण बस भिरबाट खस्दा बसमा सवार रुकुमपश्चिम आठबीसकोट गाउँपालिका–१०

एसिड आक्रमणसम्बन्धी कानुन बनाउन अध्यादेश ल्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले एसिड आक्रमण गर्नेमाथि कारबाही गर्ने कानुन बनाउन अध्यादेश ल्याउने निर्णय गरेको छ । पछिल्लो समय एसिड आक्रमणको घटना बढीरहेको समयमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । बैठकमा सरकारले एसिड आक्रमण गर्नेलाई जघन्य अपराधको मुद्दामा कारबाही गर्ने गरी कानुन ल्याउने निर्णय गरेको हो । सोका लागि १५ दिनभित्र कानूनको मस्यौदा तयार गरिसक्न कानूनमन्त्री र सम्बद्ध निकायलाई मन्त्रिपरिषद्ले निर्देशन गरेको बताइएको छ ।

अब हप्ता दुई दिन सार्वजनिक बिदा दिने तयारी, मन्त्रिपरिषद्‌मा प्रस्ताव लगिँदै

काठमाडौं । सरकारले अब हप्तामा दुई दिन सार्वजनिक बिदा दिने तयारी गरेको छ । आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन बिदा दिने तयारी गरिएको हो । यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिने तयारी गरेको छ । बिहीबार मन्त्रालयमा पर्यटन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषदमा