विशेष समाचार

बरहथवा घटना: तीन दिनसम्म पनी उठेन जयशंकरको शव

काठमाडौं । सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएका स्थानीय युवक जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै छ । जिल्लाको बरहथवा नगरपालिका–६ को प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका विषयमा भएको प्रदर्शन नियन्त्रणमा लिने क्रममा साहको शुक्रबार दिउँसो प्रहरीको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो । तर, आन्दोलनकारी र प्रशासनबीच सहमति हुन नसक्दा साहको शव तून द्न भैसक्दा पनि घटनास्थल (सडक)बाट उठाइएको छैन । मृतक परिवार तथा आन्दोलनकारीले मृतकलाई शहीद घोषणा, मृतकको नामबाट

राष्ट्रिय सभामा माओवादीले सबै उम्मेदवारको नाम टुंगो लगायो

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गठबन्धनबाट भाग पाएअनुसार राष्ट्रिय सभाका ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवार टुंगो लगाएको हो । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार सुदूरपश्चिममा महिला कोटामा रेणु चन्द, कर्णालीमा दलित तर्फबाट विष्णु विश्वकर्मा, लुम्बिनीमा अन्यबाट झक्कु सुवेदी त्यस्तै कोशीबाट चम्मादेवी कार्की उम्मेदवार बन्दा बागमतीमा अन्यतर्फ श्रीकृष्ण अधिकारी र गण्डकीमा महिलातर्फ मनरूपा शर्माको नाम टुंगो लागेको पौडेलले जानकारी

राष्ट्रियसभा सदस्यमा  राष्ट्रपतिबाट जनमोर्चाकी दुर्गा पौडेल मनोनीत

काठमाडौं । सत्ता गठबन्धन दलबिच राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भागबन्डा मिलेको छ । भागबन्डा मिलेसँगै राष्ट्रिय जनमोर्चाको भागमा मनोनीत सदस्य परेको छ ।  राष्ट्रपतिबाट मनोनीत एकसहित राष्ट्रियसभा २० सदस्यको पदावधि फागुन २० मा सकिँदै छ । १९ सिटका लागि गठबन्धनले सहमति जुटाइसकेको छ । बाँकी रहेको राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्य पनि भागबन्डा भएको छ । जुन भाग जनमोर्चालाई परेको हो । राष्ट्रपतिबाट मनोनीत सिटमा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललाई

पत्रकार दाहालको सक्रियतामा विद्यार्थिले पाए खेलकुद सामग्री

नेपालगन्ज : नेपालगन्जका सक्रिय पत्रकार खगेन्द्र दाहालको सक्रियतामा खजुराका विद्यार्थिले खेलकुदका सामग्री पाएका छन । खजुराको आर्दश माविका विपन्न परिवारका विद्यार्थिहरुलाई सहयोग गर्न खबरगन्जका पत्रकार दाहालले सामाजिक सञ्जालमा सहयोगका लागि आग्रह सहितको पोष्ट गरेका थिए । खेलकुदमा भाग लिन आवश्यक जुत्ता नहुदाँ खालि खुट्टा प्रतियोगिताहरुमा भाग लिन पर्ने बाध्यता भएको खबर पाएपछि विद्यार्थिहरुका लागि सहयोग गर्न पर्छ भन्ने लागेर अभियान सन्चालन गरी सहयोग गरिएको पत्रकार दाहालले जनाए । फेसबुक ग्रुप

सर्लाहीको बरहथवामा मारिएका युवकको परिवारलाई सरकारले दस लाख दिने

काठमाडौँ । सर्लाहीको बरहथवामा गोली लागेर मृत्यु भएका युवकको परिवारलाई सरकारले दस लाख रूपैयाँ दिने निर्णय गरेको छ। शनिवार गृहमन्त्रालयले एक विज्ञप्ति जारी गरी सो घटनामा मृत्यु भएका साहको परिवारलाई राहतस्वरुप दश लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिएको हो । साथै सो घटनाबारे सत्य तथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति समेत गठन गरिएको विज्ञप्तिमा उल्लेख छ । छानबिन

ललितपुरको सिडिओमा श्रेष्ठ,प्रहरी प्रमुखमा खनाल

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय ललितपुरमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारी सहसचिव तुलसीबहादुर श्रेष्ठलाई र प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनाललाई दिइएको छ । शुक्रबार गृह मन्त्रालयले उक्त निर्णय गरेको गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए। केहि दिनअघि ललितपुरको बालकुमारीमा ईपीएसको परीक्षाको विषयलाई लिएर भएको आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएपछि गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितलाई गृह मन्त्रालय र प्रहरी प्रमुख सिद्धिविक्रम

सर्लाहीको बरहथवामा तनाव, गोली लागेर एक जनाको मृत्यु

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले गोली चलाएको छ । स्वास्थ्य संस्था स्तरोन्नतिसम्बन्धी विवादमा नेपाली कांग्रेसका कार्याकर्ताले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनीको प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो । प्रहरीले अश्रुग्याससहित गोली प्रहार गर्दा गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बरहथवा–५ का जयशंकर शाह रहेका छन् । प्रहरीले भने एक जनाको ज्यान गएको खबर प्राप्त भए पनि

'माझी बनेर आयौ' : एउटा सुन्न लायक गीत

काठमाडौं : पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रलाई नियाल्ने हो भने अधिकांश हेर्ने गीतहरू रिलिज हुनेगरेका छन्। खासमा त गीत भनेको सुन्ने हो। सुनेर आनन्द लिने हो, सुनेर मन शान्त पार्ने हो। अझै भनौं गीत भनेको सुनेर नै अनुभुति गर्ने हो। तर पछिल्लो समय गीतहरुमा यस्तो पाइँदैन। पछिल्लो समय त झन् म्युजिकल गीतहरु बन्ने लहड बढ्दो छ। गीतसँगै एउटा कथा घुसाएर म्युजिक भिडियो तयार पारिन्छ। जसले गर्दा दर्शक स्रोतहरु गीतको भाव

दिपेन्द्रको ‘नजाने भो हाम्रो दुःख’ सार्वजनिक

काठमाण्डौं: सविना र नारद पोखरेलको ‘नजाने भो हाम्रो दुःख’ राष्ट्रिय भाव झल्काउने बोलको गीत सार्वजनिक भएको छ। बुधबार काठमाडौंको नयाँबानेश्वरस्थित सनराइज क्याफेमा पत्रकार सम्मेलन गर्दै उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। शिशिर योगीको स्वर, नारद पोखरेलको शब्द, ज्योती प्रकाशको संगीत रहेको गीतको भिडियोमा शुरविर पण्डित ‘दारी बा’, रश्मि भट्ट र राजानन्द माण्डव्यको अभिनय हेर्न सकिन्छ । ओएसआर डिजिटल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको म्युजीक भिडियोले युवाहरु बिदेश पलायन हुनुपर्ने

रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु

काठमाडौं । रुसी सेनामा कार्यरत थप तीन नेपाली नागरिकको मृत्यु भएको छ । रुस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले आज जनाएको हो । मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले राहदानी नं. १२२९९८९१ वाहक स्याङ्जाका हरिप्रसाद अर्याल, राहदानी नं ११०२७१७५ वाहक कैलालीका भरबहादुर शाह र राहदानी नं ०७५७३७३८ वाहक धादिङका राजकुमार गिरीको निधन भएको जानकारी प्राप्त भएको जानकारी दिए । यसअघि रुसी सेनामा कार्यरत गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगंगा–१