इन्टरपोलको महासभामा सहभागी हुन आइजीपी कुँवर अष्ट्रिया प्रस्थान
काठमाडौं । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर आज (आइतबार) बिहान अष्ट्रियातर्फ प्रस्थान गरेका छन्। इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन उनीलगायतको टोली त्यसतर्फ प्रस्थान गरेका हुन् । उक्त महासभा इन्टरपोल महासचिवालयको आयोजनामा अष्ट्रियाको भियनामा मंसिर १२ देखि १५ गतेसम्म सञ्चालन हुनेछ ।नेशनल सेन्ट्रल ब्युरो नेपालका प्रमुख समेत रहेका कुँवरसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा र प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली समेत गएका छन्। इन्टरपोलको