विश्व

इजरायलमा रोजगार खुल्यो पहिलो चरणमा पाँचसय कामदार जान पाउने

काठमाडौं । लामो समयदेखि प्रतिक्षित इजरायलमा रोजगारी खुलेको छ ।बैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहाल र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भएको सम्झौता अनुसार अबको तीनमहिनाभित्र नेपाली कामदारले इजरायलमा रोजगारीका लागि जान पाउने भएका हुन् । उक्त सम्झौता अनुसार केयर गिभर तालिम लिएका, १२ पास भएका, २५ देखि ४५ वर्ष उमेर समुहको हुनुपर्ने छ भने इजरायलमा काम गरेर फर्किएका कामदारले भने यो अवसर लिन पाउने छैनन् । विभागका

मलेशियावाट एकैपटक १७ जना नेपालीको शव नेपाल आयो

काठमाडौं । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धन कमाउने सपना र अभिलाषा बोकेर विभिन्न समयमा मलेसिया पुगेका १७ जनाको शव आइपुग्यो । एकैसाथ १७ शवका लस्कर देखिएपछि मृतकका आफन्तमात्र नभएर विमानस्थलकै कर्मचारीसमेत स्तब्ध भए । मलेशियास्थित नेपाली दूतावासँगको समन्वयमा निगमले नेपालीको शव ल्याएको हो । नेपाली दूतावासलाई उद्धृत गर्दै निगमले जनाएअनुसार अझै त्यहाँ ३७ वटा शव रहेको छ । ती शव समयभित्रै नेपाल ल्याउन निगमले आवश्यक तयारी भइरहेको जनाएको छ ।

रुसी विपक्षी नेता नाभाल्नीको समर्थनमा प्रदर्शन दर्जनौँ पक्राउ

मस्को । रुसमा जेलमा रहेका विद्रोही नेता एलेक्सी नाभाल्नीको समर्थनमा निकालिएको प्रदर्शनबाट शनिबार दर्जनौँ व्यक्तिहरूलाई गिरफ्तार गरिएको छ । रुसी प्रहरीले राजधानी मस्कोमा मानिसहरूलाई घरभित्रै रहन निर्देशन दिएको छ भने नाभाल्नीका निकटस्थहरूलाई शनिबारको प्रदर्शनअगाडि नै गिरफ्तार गरिएको छ । गत आइतबार जर्मनीबाट स्वदेश फर्केका विपक्षी नेता नाभाल्नी पुटिनका कटु आलोचक मानिन्छन् । नाभाल्नीलाई विमानस्थलमा गिरफ्तार गरेपछि उनका समर्थकहरूले सामाजिक सञ्जालमार्फत आयोजना गरेको प्रदर्शन रुसका ६० सहरमा भएको बताइएको छ ।

विश्वमा कोरोना संक्रमणवाट ज्यान गुमाउनेको संख्या २० लाख नाघ्यो

काठमाडौं । कोरोना भाईरस (कोभिड-१९) संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या २० लाख ६६ हजार नाघेको छ । हालसम्म विश्वमा २० लाख ६६ हजार १७६ कोरोना संक्रमितको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ५६९ कोरोना संक्रमितको मृत्यु भएको छ । यस्तै कोरोना संक्रमितको संख्या विश्वमा ९ करोड ५६ लाख १२ हजार ८३१ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ लाख

मेस्सीविना बार्सिलोना विजयी

एजेन्सी । प्रतिबन्धका कारण टोली बाहिर रहेका कप्तान लियोनेल मेस्सीविनै क्याटलान क्लब बार्सिलोनाले स्पेनिस कोपा डेल रेको अन्तिम ३२ को खेलमा तेस्रो श्रेणीको टोली युई कोर्नेलामाथि २–० को जित निकालेको छ । बार्सिलोनाले १० खेलाडीमा समेटिएको कोर्नेलाविरुद्ध अतिरिक्त समयमा जित निकालेको हो । बार्सिलोनाको जितमा औसमाने डेम्वेले र मार्टिन ब्रेथवेटले गोल गरे । दुवै गोलमा पेड्रीको असिस्ट दिएका दिएका थिए । कोर्नेलाविरुद्ध बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले पहिलो रोजाईका अधिकांश खेलाडीलाई

सुत्केरीलाई कोरोना संक्रमितसंग राखेको भन्दै चौतर्फी विरोध भएपछि प्रधानमन्त्रीले दिए राजिनामा

काठमाडौं । सुत्केरीलाई कोरोना संक्रमितसँगै राखेर उपचार गरेको भिडियो सार्वजनिक भएपछि मंगोलियाका प्रधानमन्त्री खुरेल्सुख उख्नाले पदबाट राजीनामा दिएका छन् ।   उख्नाको राजीनामा बिहीबार संसदले पारित गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । संसदमा ९५ प्रतिशत सांसदले प्रधानमन्त्रीको राजीनामाको पक्षमा मतदान गरेका जनाइएको छ । एक अस्पतालमा सुत्केरी र नवजात शिशुसँग कोरोनाभाइरस संक्रमितलाई राखेको भिडियो सार्वजनिक भएपछि प्रधानमन्त्रीको चौतर्फी विरोध भएको थियो । विरोधसँगै आन्दोलन चर्किएको थियो । उनले गल्ती

कोरोना भाइरसविरुद्धको दश लाख डोज खोप आइपुग्यो नेपाल, औषधि सेवन गरेकालाई असर गर्ने

काठमाडौँ । नेपालमा कोभिड–१९ संक्रमण देखिएको एक वर्षपछि नेपाली नागरिकले भारत सरकारको सहयोग स्वरुप कोरोना भाइरसविरुद्धको खोप पाउने भएका छन् । भारत सरकारले अनुदानस्वरुप दिएको कोरोना भाइरसविरुद्धको दश लाख डोज खोप नेपाल आइपुगेको छ । बिहीबार बिहान ११ः ४८ बजे एयर इण्डियाको जहाजमार्फत खोप त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेको हो । विमानस्थालमा एक औपचारिक कार्यक्रमबीच भारतले नेपाललाई उक्त खोप हस्तान्तरण गरेकाे छ । सो खोप हस्तान्तरणपछि सिधै टेकूस्थित राष्ट्रिय खोप भण्डार

नियमित उडान नहुँदा मलेशियामा ३५ नेपाली शवहरू अलपत्र

काठमाडौं । कोरोनाभाइरस महामारीका कारण नियमित उडान नहुँदा वैदेशिक रोजगार गन्तव्य मलेशियामा मृत्यु भएका कैयौँ कामदारका शवहरू नेपाल ल्याउन कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्। मलेशियास्थित नेपाली दूतावासका अनुसार हाल त्यहाँ ३५ जना नेपालीका शवहरू विभिन्न अस्पतालमा रहेका छन् । ती शवहरू नेपाल ल्याउन ‘सरकारलाई आग्रह गरिए’ अनुसार ‘यसै साता नेपाल वायुसेवा निगमको जहाज मलेशिया जान लागेको’ वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए। बोर्डले वैदेशिक रोजगारीमा निधन भएकाहरूको शव

भारतले आजबाट नेपालसहितका छिमेकीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउदै

काठमाडौं । भारतले आज वुधवारवाट नेपालसहित नजिकका छिमेकीको लागि कोरोनाविरुद्धको खोप उपलब्ध गराउने जनाएको छ । भारतको विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार नेपालसहित भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमारलगायतका राष्ट्रहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने उल्लेख छ । भारतमा निर्मित खोपहरुको आपूर्तिका लागि अनुरोध गरेका छिमेकी देशहरुलाई खोप उपलब्ध गराउन लागिएको हो । अनुदान सहायता अन्तर्गत खोप उपलब्ध गराउन लागेको जारी विज्ञप्तिमा उल्लेख छ । भारतले यसअघि त्यहाँ निर्मित कोरोनाविरुद्धको खोप लगाउन

मस्को विमानस्थलवाट पक्राउ परे पुटिनका आलोचक नभाल्नी

स्नायु विषको प्रयोगका कारण झन्डै ज्यान गुमाएका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई महिनौँपछि जर्मनीबाट मस्को फर्किएको केही समयमै हिरासतमा लिइएको छ। उनलाई पक्राउ गरेकोप्रति पश्चिमा नेताहरूले मस्कोको निन्दा गरेका छन्। क्रेमलीनका आलोचक ४४ वर्षीय नभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले हिरासतमा लिएका थिए। उनलाई अभिवादन गर्न मस्कोको नुकोभो विमानस्थलमा भिड जम्मा भएपछि उनको विमान अन्यत्रै ओरालिएको थियो।   नभाल्नीले उनलाई विष दिने कार्यका पछाडि रुसी अधिकारीहरू रहेको बताएका छन्। खोजपत्रकारहरूले