विश्व

असुरक्षा र हिंसात्मक घटनाका कारण मध्य अफ्रिकाबाट दुई लाखजना विस्थापित

संयुक्त राष्ट्रसंघ । अत्यधिक असुरक्षा र हिंसात्मक घटनाहरुका कारण गणतन्त्र मध्य अफ्रिकाबाट दुई महिनामा दुई लाखजना विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघका प्रवक्ताले शुक्रबार दिएको जानकारीअनुसार ९० हजारभन्दा बढी शरणार्थी कंगोमा विस्थापित भएका छन् । प्रवक्ता स्टेफन डुजार्रिकले अरु १३ हजारजना क्यामरुन, चादलगायतका देशमा शरणार्थी बन्न बाध्य भएको जानकारी दिए । ‘‘राजनीतिक विवाद र सशस्त्र द्वन्द्वका कारण मध्य अफ्रिकाका हजारौँ मानिस विस्थापित भएका छन्,’’ नियमित पत्रकार सम्मेलनमा डुजार्रिकले भने ।

विश्वबाट लोपोन्मुख गिद्ध डाइक्लोफेनेकमुक्त भएको १२ वर्षपछि  दैलेखमा देखियो

काठमाडौं । विश्वबाट लोपोन्मुख गिद्ध दैलेखमा देखिन थालेका छन् । डाइक्लोफेनेकमुक्त भएको १२ वर्षपछि दैलेखमा गिद्ध देखा पर्न थालेका हुन् । जिल्लालाई विसं २०६६ मा डाइक्लोफेनकमुक्त घोषणा गरिएको थियो । मासुलाई आहारा बनाउने तर आफू सिकार नगर्ने पंक्षी देखिन थालेपछि स्थानीयवासीमा खुशी भएका छन् । मरेको सिनो खाएर वातावरणलाई स्वच्छ बनाई दिने गिद्ध मानिसका लागि सहयोगी हुन् । बिरामी पशुलाई दुखाइ र ज्वरो कम गर्नका लागि प्रयोग गरिने डाइक्लोफेनेक औषधिको

भारतको इजरायली दूतावास नजिक बम विष्फोट

काठमाडौं । भारतको नयाँदिल्लीस्थित इजरायली दूतावास नजिक शुक्रबार साँझ बम विष्फोट भएको छ । भारत–इजरायल कूतनीतिक सम्बन्धको २९ औं वर्षगाँठकै दिन एपीजे अब्दुल कलाम रोडमा शुक्रबार साँझ बम विष्फोट भएको बीबीसी हिन्दीले जनाएको छ । प्रहरीका अनुसार विष्फोटबाट दूतावासमा भने क्षति पुगेको छैन । तर पार्किङ गरेर राखिएका केही कारका सिसा फुटेको छ । बम विष्फोट कसले र किन गरायो भन्ने खुलेको छैन ।   भारतका लागि इजरायली राजदूत रोन

आपतकालीन अवस्थामा कोरोनाविरुद्धको खोप लगाउन माल्दिभ्स सरकारले दियो अनुमति

एजेन्सी । कोरोनाविरुद्धको खोप कोभिशिल्ड लगाउन माल्दिभ्स सरकारले पनि अनुमति दिएको छ । माल्दिभ्स खाद्य तथा औषधि प्राधिकरण(एमएफडीए)ले भारतको सेरम इस्टिच्युटमा बनाइएको खोप लगाउन अनुमति दिएको हो । स्थानीय सञ्चार माध्यमहरूका अनुसार अत्यावश्यक तथा आपतकालीन अवस्थामा मात्रै सो खोप लगाउन अनुमति दिइएको हो । खोप विकास गरेका कम्पनीहरुले नै कोभिशिल्ड खोप आपतकालीन अवस्थामा मात्रै लगाउनु पर्ने बताएकाले आपतकालीन अवस्थाका लागि मात्रै स्वीकृति दिइएको एमएफडीएले जनाएको छ । त्यसैगरी १८ वर्षभन्दा

कोभिड–१९ विरुद्धको पहिलो खोप टेकु अस्पतालका डा. भण्डारी र बास्तोलाले लगाए

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी र प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाले कोरोनाविरुद्धको खोप लगाएका छन् । उनीहरुले कोभिड–१९ विरुद्धको पहिलो खोप लगाएका हुन् । यस अस्पतालमा आज ४०० जनालाई खोप लगाइने जनाइएको छ । नेपालमा आजदेखि कोरोनाभाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । अग्रपंतिमा रहेर काम गरेका चार लाखभन्दा बढी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ कर्मचारीलगायतलाई पहिलो चरणमा खोप लगाइँदै छ ।

कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २१ लाख नाघ्यो

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २१ लाख ३५ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा २१ लाख ३५ हजार ९५९ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा १० हजार ४१३ कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमितको संख्या विश्वमा ९ करोड ९३ लाख ६३ हजार ६९७ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ लाख १० हजार १५२ संक्रमित

कोरोना भाइरसविरुद्धको खोप लगाउन आजबाट सुरु, पहिलो खोप डा. भण्डारी र डा. बास्तोलाले लगाउने

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन आजबाट सुरु गर्ने भएको छ । भारतबाट अनुदानमा प्राप्त खोप सरकारले प्राथमिकताका आधारमा आजबाट लगाउन सुरु गर्न लागेको हो । खोप अभियानको उद्घाटन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, त्रिवी शिक्षण अस्पताल र एपीएफ अस्पतालबाट एकसाथ हुने भएको छ । खोप अभियानको उद्घाटन बुधबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बिहान १० बजे बालुवाटारबाट भर्चुअल कार्यक्रममार्फत्

चीन र भारतको सीमा क्षेत्रमा दुवै देशका सैनिकहरूबीच झडप २४ सैनिक घाइते

काठमाडौं । चीन र भारतको सीमा क्षेत्रमा दुवै देशका सैनिकहरूबीच फेरि झडप भएको खबर आएको छ । गत साता उत्तरी सिक्किमको नाकु लामा दुई देशका सैनिकहरूबीच झडप भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ । इन्डिया टुडेले सैन्य स्रोतलाई उद्धृत गर्दै झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएको जनाएको हो । सञ्चारमाध्यमको दाबी अनुसार चिनियाँ सैनिक भारतीय भूमिमा आउन खोजेपछि भारतीय सेनाले रोकेको समाचारमा उल्लेख छ । अहिले झडप भएको

मेस्सी विना बार्सिलोनाको अर्को विजयी

एजेन्सी । सुपर स्टार लिओनल मेस्सी विना बार्सिलोनाले स्पेनिस ला लिगामा जित हासिल गरेको छ । बार्सिलोनाले आइतबारको खेलमा इल्चेलाई २–० ले पराजित गरेको थियो । अवे खेलमा बार्सिलोनालाई जित दिलाउन फ्रेन्क डी जोङ र रिकार्ड पुगइले गोल गरे । खेलको ३९ औं मिनेटमा जोङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । खेल सकिन एक मिनेट बाँकी रहँदा पुगइले गोल थपे । मेस्सी प्रतिबन्धका कारण आइतबारको खेलमा थिएनन् । स्पेनिस

विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड बढी

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा ९ करोड ७४ लाख ६४ हजार ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ लाख ७७ हजार ३०१ जना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्मा २१ लाख १२ हजार ६८९ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा १३ हजार ६८८ कोरोना संक्रमितको मृत्यु भएको छ