डिएसपी विष्टको बढुवा रोक्का,बमलाई नसियत हुने
काठमाडौं । प्रहरी वृत्त बालाजुका तत्कालीन डीएसपी रविन विष्ट र प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी गणेशबहादुर बम कारबाहीमा परेका छन् । फागुन १ गते काठमाडौंको बालाजुमा यातायात मजदुरको आन्दोलनका क्रममा भएको लुटपाटको घटनालाई लिएर प्रहरी प्रधान कार्यालयले उनीहरुलाई कारबाही गरेको हो । उनीहरुको कमजोर कमाण्डका कारण प्रहरीकै गाडीमा आगजनी, तोडफोड र मोबाइल पसल लुटपाट भएको प्रहरी प्रधान कार्यालयको ठहर रहेको छ । कारबाही स्वरुप डीएसपी विष्टलाई तीन वर्षसम्म बढुवा रोक्का गरिएको