डिएसपी विष्टको बढुवा रोक्का,बमलाई नसियत हुने


  • डिएसपी विष्टको बढुवा रोक्का,बमलाई नसियत हुने

    काठमाडौं । प्रहरी वृत्त बालाजुका तत्कालीन डीएसपी रविन विष्ट र प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी गणेशबहादुर बम कारबाहीमा परेका छन् ।

    फागुन १ गते काठमाडौंको बालाजुमा यातायात मजदुरको आन्दोलनका क्रममा भएको लुटपाटको घटनालाई लिएर प्रहरी प्रधान कार्यालयले उनीहरुलाई कारबाही गरेको हो ।

    उनीहरुको कमजोर कमाण्डका कारण प्रहरीकै गाडीमा आगजनी, तोडफोड र मोबाइल पसल लुटपाट भएको प्रहरी प्रधान कार्यालयको ठहर रहेको छ ।

    कारबाही स्वरुप डीएसपी विष्टलाई तीन वर्षसम्म बढुवा रोक्का गरिएको छ भने डीएसपी बमलाई भने नसियतको कारबाही गरिएको छ ।



  • घटनाको छानबिन गर्न डीआईजी मसाउद आलम खाँको नेतृत्वमा गठित समितिको सिफारिसका आधारमा विष्ट र बममाथि कारबाही गरिएको हो ।

    बालाजु क्षेत्रमा घटना भएको भए पनि थप मद्दतका लागि सोह्रखुट्टेबाट तत्काल पुगेर कारबाही अघि बढाउनुपर्नेमा उक्त कार्यमा चुकेको भन्दै बमलाई नसियत दिइएको बताइएको छ । बमको एक वर्षसम्म बढुवा रोक्का भएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *