समाचार

आज नेपाल संवत् ११४३, विविध कार्यक्रम गरी मनाइँदै

काठमाण्डौं । नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्‌लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत‌्काे शुरुआत गराएका थिए । नेपाल संवत्‌ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत‌को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए । “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल

आज गोवर्द्धन, बलि, गोरु र हली पूजा गरिंदै

काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । कार्तिक शुक्ल प्रतिपदाका दिन यो

उम्मेदवारले तीन वटासम्म सम्पर्क कार्यलय खोल्न पाउने

काठमाडौं । आसन्न मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले तीन वटासम्म सम्पर्क कार्यलय खोल्न पाउने भएका छन् । निर्वाचन आयोगले मंगलबार दल र उम्मेदवारहरूलाई सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा सात बुँदे निर्देशन दिएको हो । उक्त निर्देशनअनुसार प्रतिनिधिसभाका उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेट्ने गरी बढीमा तीनवटा र प्रदेश सभाका उम्मेदवारले एउटामात्र सम्पर्क कार्यालय खोल्न पाउनेछन् । यस्तै आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभाका समानुपातिकतर्फ बन्दसूचीमा उम्मेदवारी

सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि खुला

काठमाडौं । सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि विहान ११ बजदेखि अपराह्न ३ बजेसम्म खुल्ने भएको छ । सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरुपमा बन्द रहने भए पनि शनिबार र भाइटीकाको दिनबाहेक अन्य दिन बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि खुल्ला हुने अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए । न्याय प्रशासन ऐन, २०७३ मा बिदाको दिनमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्ने व्यवस्था रहेको छ

भारतबाट ल्याइएको २० क्विन्टल अवैध माछा बरामद

नवलपरासी । भारतबाट भित्र्याइएको २० क्विन्टल अवैध माछा प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार भारतबाट फर्मालिन ( माछा ताजा देखाउन राखिने औषधि) राखेर ल्याइएको माछा बरामद भएको हो । फार्मालिन राखेको माछा विषाक्त मानिन्छ । पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिकामा रहेको क्वारेन्टाइनबाट कात्तिक ६ गते बनाइएको कागजातमा काठमाडौं कालीमाटी लैजाने भनिएको छ । प्रतापपुरबाट ल्याएको भनिएको माछाको कागजात नक्क्ली देखिएको छ । ट्रकबाट काठमाडौं कालीमाटी लैजाँदै

विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र श्रीलङ्का भिड्दै

एजेन्सी । अष्ट्रेलियामा जारी टी ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगितामा आज घरेलु टोली र श्रीलङ्का भिड्दैछन् । खेल नेपाली समयअनुसार अपराह्न ४ः४५ बाट सुरु हुनेछ । अष्ट्रेलियाले पहिलो खेलमा न्युजिल्याण्डसँग हार व्यहोरेको थियो । श्रीलङ्कन टोलीले भने समूह चरणबाट सुपर १२ मा क्वालिफाइ हुँदै पहिलो खेलमा आयरल्याण्डलाई हराएको थियो । अंक तालिकामा पुछारमा रहेकाले अष्ट्रेलियालाई खेल जित्नैपर्ने दबाब छ । श्रीलङ्का अंक तालिकामा दोस्रो स्थानमा छ । उसलाई पनि आजको खेलमा

घोराहीका तीनवटा फर्निचर उद्योगमा आगलागी, करडौं क्षति भएको अनुमान

दाङ । दाङको घोराहीस्थितमा तीनवटा फर्निचर उद्योगमा भीषण आगलागी भएको छ  । घोराहीको शहीद उमेश मार्ग रोडमा रहेका तीन वटा फर्निचर उद्योगमा आगलागी हुँदा पूर्ण रूपमा क्षति भएको छ । न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ तीन वटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट करडौंको क्षति भएको अनुमान गरिएको छ । राति करिब १२ बजेतिर लागेको आगो बिहान करिब साढे ४ बजे नियन्त्रणामा आएको हो । नेपाल

ऋषि सुनक बने बेलायतको प्रधानमन्त्री

काठमाडौं । बेलायतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री लिज ट्रससँग पराजित भएको दुई महिनाभन्दा कम समयमा कन्जरभेटिभ पार्टीका तर्फबाट प्रधानमन्त्री बनेका हुन् । प्रधानमन्त्री भएको डेढ महिनामा लिज ट्रसले पदबाट राजीनामा दिएपछि नेता सुनको भाग्योदय भएको हो । लिज ट्रस बेलाइतको इतिहासमा सबैभन्दा कम समय सेवा गर्ने प्रधानमन्त्री बनेका छन् । मन्त्रिपरिषद्का एक जना सदस्यलाई बर्खास्त गरेपछि उनले चर्को आलोचना खेप्नु

आज खण्डग्रास सूर्यग्रहण

काठमाडौं । आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ । मंगलबार दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने ग्रहण बेलुका ५ बजेर २४ मिनेटमा मोक्ष हुने ज्योतिषी सुरेशचन्द्र रिजालले जानकारी दिए । ‘मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्दै छ । कात्तिक कुष्ण औंसीको दिन लाग्ने यो ग्रहणलाई चमत्कारी ग्रहण पनि मानिएको छ । पर्व विशेषको कारणले यो ग्रहणको धेरै दोष हुदैन,’ उनले भने । दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने ग्रहण करिब ३२

आज तिहारको चौथो दिन गाई तिहार

काठमाडौं । आज यमपञ्चक अर्थात् तिहारको चौथो दिन गाई तिहार मनाइँदैछ। हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ । गाईलाई पूजा गर्नाले आमाबाट पाएजस्तै माया गाईबाट पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो । गाई जगत जननी भएकाले पनि हिन्दु संस्कार अनुसार पूजा गर्ने गरेको जनविस्वास छ । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरीन्छ । आजको दिन कृषि कर्म गर्न हलो जोतेर