समाचार

तिहारमा भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा

काठमाण्डौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ । समितिले सोमबार विज्ञप्ति जारी गर्दै नेपालका लागि सो समय उपयुक्त भएको जनाएको हो । त्यस्तै भारत, अमेरिका, बेलायत लगायतका देशमा फरक फरक समयमा उत्तम साइत रहेको समितिले जनाएको छ ।

नवौँ राष्ट्रिय खेलकुद : १२८ पदकसहित आर्मीको अग्रता कायमै

कास्की । विभागीय नेपाल आर्मीले गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक तालिकामा अन्तर फराकिलो बनाउँदै लगेको छ । आर्मीले आज बिहानसम्मको अद्यावधिक विवरणानुसार ६१ स्वर्ण, ३९ रजत र २८ कास्यसहित एक सय २८ पदक जितेर पदक तालिकाको शीर्षस्थानमा छ । आर्मीले सुरुआतदेखि नै आफ्नो अग्रता बनाएकामा पछिल्लो समय यसलाई फराकिलो बनाउँदै लगेको छ । पदक तालिकाको द्वितीय र तृतीय स्थानमा पनि विभागीय टोली अगाडि छन् । प्रदेशहरूले विभागीय

सल्यानमा अरिंगालले टोक्दा आमाछोरीको मृत्यु

सल्यान । अरिंगालले टोक्दा सिद्ध कुमाख गाउँपालिकामा आमाछोरीको मृत्यु भएको छ । १ जना घाइते भएका छन् । सिद्ध कुमाख–१ हममपालकी २१ वर्षीया शोभा बस्नेत बुढाथोकी र छोरी २ वर्षीया प्राप्ति बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सोमबार साँझ खेतमा धान काटी घर फर्किने क्रममा बाटोमा अरिंगालले टोकेको थियो । उपचारका लागि कोहलपुर बाँके लैजाँदै गर्दा बाटोमै प्राप्तिको बाटोमै मृत्यु भएको हो । शोभालाई भने आज

गृह मन्त्रालयले गर्यो प्रहरीमा छड्के

काठमाडौं । सुरक्षा निकायमा विकृति बढेको गुनासोपछि गृह मन्त्रालयले छड्के थालेको छ । हालै तीन जिल्लामा गृह मन्त्रालयले छड्के गर्दा धेरै विकृति भेटिएका छन् । सहसचिव डा भीष्मराज भुसाल नेतृत्वको टोलीले पूर्वको झापा, मोरङ र सुनसरीमा आकस्मिक निरीक्षण गरेको हो । जहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी र सिडिओहरुको समेत कतिपय गतिविधि गैरव्यावसायिक भएको पाइएको स्रोत बताउँछ । समितिले केही दिनमै गृहसचिव विनोदप्रकाश सिंहलाई बुझाउने तयारी गरेको छ । जस आधारमा

तस्करीपछि सशस्त्र प्रहरीमा हलचल

काठमाडौं । सप्तरीमा जवानबाट असइको हत्या भएको घटनाले सशस्त्र प्रहरीमा हलचल मच्चिएको छ । यो घटनापछि तराईमा कार्यरत घुस्याहा प्रहरीलाई तत्काल हटाउनुपर्ने आवश्यकता देखिएको छ । जवान होमबहादुर खत्री र असइ सत्यनारायण यादवबीच झगडा हुँदा यादवको हत्या गरिएको छानबिनमा खुलेको छ । दुवै जना बदनाम थिए भने पटक–पटक कारबाही भोगेका प्रहरी हुन् । उनीहरुलाई त्यहाँबाट सरुवा गराउन खोज्दा पनि नेताहरुले रोकेका थिए । सो घटनाको प्रमुख कारण सीमामा हुने तस्करी

शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा कार्तिक १ गते सार्वजनिक बिदा

काठमाडौं । सरकारले १ कात्तिकमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए । जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो । उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलले बताए ।

भाइटीकाको उत्तम साइत ११ : ३७ मा

काठमाण्डौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ । समितिले सोमबार विज्ञप्ति जारी गर्दै नेपालका लागि सो समय उपयुक्त भएको जनाएको हो । त्यस्तै भारत, अमेरिका, बेलायत लगायतका देशमा फरक फरक समयमा उत्तम साइत रहेको समितिले जनाएको छ ।  

आर्मीकी जयरानीले तोडिन् आफ्नै कीर्तिमान

पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले आफ्नै कीर्तिमान तोड्दै डबल स्वर्ण जित्न सफल भएकी छन् । यसअघि ४०० मिटर हर्डल्समा नयाँ कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् । सोमबार उनले एथ्लेटिक्सको महिलातर्फ १०० मिटर हर्डल्समा पनि स्वर्ण जितेकी हुन । जयरानीले दुईटै खेलमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्न सफल भएकी हुन् । पोखरा रंगशालामा भएको खेलको हिट चरणमा १५.१६ सेकेन्डको कीर्तिमान बनाएकी जयरानीले सोमबार बिहानै

नेपाल प्रहरी ६७ औँ वर्षमा प्रवेश

काठमाण्डौं । नेपाल प्रहरी ६७ औँ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा सोमबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । ६७ औँ प्रहरी दिवसमा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका छन् । नेपाल प्रहरी २०१२ सालमा स्थापना भएको थियो । वर्षभरिमा उत्कृष्ट काम गरेका सकल दर्जालाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गर्दै आएको छ । यसपटक कार्यदक्षता मूल्याङ्कन (पुलिस ब्याटन) मा प्रदेश–१ प्रहरी कार्यालयका डीआईजी सुदिप गिरी

सन २१०० सालभित्रै गरिबी शून्यमा झर्छ- प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २१०० सम्ममा गरिबी शून्यमा झार्ने सरकारको लक्ष्य रहेको बताएका छन् । जसका लागि गरिबी निवारण नीति, १५औँ योजना, दिगो विकास लक्ष्य, सार्क तथा बिमस्टेक गरिबी निवारण कार्य योजना अन्तर्गत गरिबी निवारणका कार्यक्रम अगाडि बढाइरहेको उनको भनाइ छ । ३०औँ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसका अवसरमा सोमबार शुभकामना मन्तव्य दिँदै प्रधानमन्त्री देउवाले सरकारले २०८७ सालसम्मा गरिबीको रेखामुनि रहेको जनसंख्या ५ प्रतिशतभन्दा तल झार्ने बताए । सरकारले