समाचार

८ वर्षसम्म पनी बन्न सकेन चितवन र तनहुँ जोड्ने पुल

भरतपुर । भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पक्की पुल निर्माण सुरु भएको आठ वर्ष भयो । निर्माण सम्पन्न भएर गाडी गुडिसक्नुपर्ने बेलामा पुलको ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ । पुल निर्माण अलपत्र अवस्थामा छ । बन्दै गरेको पुल निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै अधुरो छाडेको छ । निर्माणका क्रममा पुल दुईपटक भत्कियो । सो क्रममा मजदुरको मृत्यु र केही घाइतेसमेत भएका थिए । पुल निर्माणका लागि

बालबालिकालाई भिटामिन ए क्याप्सुल कात्तिक २ र ३ गते खुवाइने

काठमाण्डौं । सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने तयारी गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तरगत परिवार कल्याण महाशाखाले आगामी कात्तिक २ र ३ गते भिटामिन  ए क्याप्सुल र जुकाको औषधि खुवाइने जनाएको छ । भिटामिन ए कार्यक्रममार्फत ६ देखि ५९ महिनाका बाललिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइनेछ । यस्तै, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने विभागले जनाएको छ ।  प्रदेश स्वास्थ्य निर्देशनालय,

मनी ट्रान्सफर लुटपाटमा संलग्न ३ जना पक्राउ:  ६ लाख सहित ४३ तोला सुन बरामद

ताप्लेजुङ। प्रहरीले कञ्चन मनी ट्रान्सफर लुटपाटमा संलग्न तीन लुटेराको साथबाट ६ लाख १३ हजार तीन सय ४० रुपैयाँ र एक सय ४३ तोला सुन सोमबार बेलुका बरामद गरेको छ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ स्थित सो ट्रान्सफरमा कार्यरत कर्मचारीलाई नियन्त्रणमा लिएर चार लुटेराले यही १७ असोजमा नगद तथा सुन लुटेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कैलाश राईले लुटपाटमा संलग्न चार आरोपीमध्ये तीन जनालाई सोमबार राति पक्राउ गरिएको र

आजबाट मौसममा क्रमिकरूपमा सुधार हुने

काठमाण्डौं । नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय रहे पनि न्यूनचापीय प्रणाली कमजोर रहेकाले मनसुन क्रमिकरूपमा सुधार हुँदै गएको  महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिए । उनले अबको दुई दिनपछि नेपालको मौसममा पूर्णतया सुधार हुने बताए । मौसमविद् भट्टराईले भने, “मनसुन जारी रहे पनि वर्षा गराउने प्रणाली कमजोर भएको छ

मलेसियाको संसद् विघटन,६० दिनभित्र मध्यावधि निर्वाचन हुने

काठमाडौं । मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री याकोबले संसद् विघटनको घोषणा गरेका छन्। सोमबार संसद् विघटन गर्दै उनले ६० दिनभित्र मध्यावधि निर्वाचन हुने घोषणा गरेका छन्। टेलिभिजनबाट सम्बोधन गर्दै उनले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिइसकेको पनि जनाएका छन्। सन् २०१८ को निर्वाचनपछि देशमा विभिन्न घटनाक्रम विकसित भएका र त्यसले आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नुपरेको उनको भनाइ छ। ‘हामीले

उम्मेदवारको नामावली प्रकाशन आज गरिदै

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार आज उम्मेदवारको नामावली प्रकाशन गरिँदै छ । आज साँझ ५ देखि ७ बजेसम्म उमेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । बुधबार १० देखि १ बजेसम्म उमेदवारले नाम फिर्ता लिन समय तोकिएको छ । बुधबार नै ३ बजेभित्र उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यातालिका छ  । उम्मेदवारका

मनाङबाट ८२ जना पर्यटकको उद्धार

मनाङ । मनाङबाट ८२ जना पर्यटकको उद्धार गरिएको छ । मौसम प्रतिकूलताका कारण अलपत्र परेर सम्पर्कमा आएका ७३ जना विदेशी र नौ जना आन्तरिक पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना एक्यापका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । बाढीपहिरोले गर्दा सडकमार्ग बन्द भएकाले अलपत्र परेका पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको उहाँले बताउनुभयो । गएको मङ्गलवारदेखि परेको अविरल वर्षाका कारण मनाङको मौसमको प्रतिकूलताले गर्दा अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो । मनाङमा

करिश्माले पोखिन् एमालेप्रति असन्तुष्टि

काठमाडौं । नेकपा एमालेको टिकट वितरणलाई लिएर अभिनेत्री करिश्मा मानन्धर उर्फ सूर्जेकुमारीले असन्तुष्ट व्यक्त गरेकी छन् । स्थानीय तह निर्वाचन ताका एमालेमा प्रवेश गरेकी करिश्माले फेसबुका लेखेकी छन्- विद्रोह नगर्ने स्वभाव रह्यो । नगर्दा पनि भगवानले सबै दिए, तर आज महसुस हुँदैछ । बन्द कोठामा बस्नुभन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो ।’ उक्त पोस्ट सँगै करिश्माले आफ्नो कामुक तस्बिर पोस्ट गरेकी छन् । एमालेमा प्रवेश गरेपछि ‘सूर्जेकुमारी’का रुपमा चर्चामा आएकी

उम्मेदवारीविरुद्ध आज दिउँसोसम्म उजुरी दिन सकिने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा परेको उम्मेदवारीविरुद्ध आज दिउँसोसम्म उजुरी दिन सकिने जनाएको छ । आयोगका अनुसार १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न दलबाट तथा स्वतन्त्र उम्मेदवारी दिएकाविरुद्ध उजुरी दिने समय तोकिएको छ । उजुरीउपर छानविन तथा उम्मेदवारी फिर्तालगायत प्रक्रिया पूरा गरेपछि बुधबार उमेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगले जनाएको छ ।

बाँकेको अधिकांश स्थानीय तह डुबानमा

नेपालगञ्ज । केहीदिन यतादेखि निरन्तर परेको बर्षाका कारण बाँकेको अधिकांश स्थानीय तह डुवान तथा बाढीले प्रभावित भएका छन । प्राकृतिक विपद्का कारणले करिव ५०० घरपरिवारका कम्तीमा ३ हजार ५०० विस्थापित भएका छन् । सबैभन्दा बढी राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिका प्रभावित बनेका छन् । राप्ती नदीमा आएको बाढी राप्तीसोनारी गाउँपालिका २ मा पर्ने टिकुलीपुर बस्तीमा पस्दा ३०० घरधुरी विस्थापित भएको जिल्ला विपद व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए