समाचार

सभामुख सापकोटा निर्वाचनमा उम्मेदवार नबन्ने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार नबन्ने बताएका छन् । शनिबार पत्रकार सम्मेलन गरी सभामुख सापकोटाले यस पटक निर्वाचनमा भाग नलिने बताएका हुन् । उनले आगामी दिनमा संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील रहेको प्रतिबद्धता पनि जनाएका छन् । उनले आफू संसदमा नरहेपनि सिन्धुपाल्चोकको मात्र नभएर देशकै लागि काम गर्ने बताए ।

आफूविरुद्धको अन्यायबारे भीम रावलले दिनभरी सोचेर निर्णय लिने

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आज दिनभरी सोचेर आफूविरुद्ध भएको अन्यायबारे निर्णय गर्ने बताएका छन् । प्रतिनिधिसभा सदस्यका लागि अछाम–१ का सर्वसम्मत सिफारिसमा परे पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न नपाएका रावलले आज दिनभर सोचेर निर्णय गर्ने बताएका हुन् । दृष्टिन्यूजसँग कुरा गर्दै नेता रावलले भने– ‘म गम्भीर अध्ययनमा छु । गम्भीर भएर सोच्दैछु । म माथि अन्याय भएको छ । बेलुकासम्म सोचेर निर्णय लिनेछु छ ।’ एमाले विभाजन हुनुपूर्व माधवकुमार

सोमबार सम्म बर्षा हुने, मङ्गलबारदेखि मौसममा सुधार

काठमाडौं । मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा विगत पाँच दिनदेखि बदली र वर्षा भइरहेको छ । उक्त मौसमी प्रणालीका कारण अझै तीन दिन वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार मनसुन न्यून चापीय क्षेत्रको असर कायमै रहेकाले केही दिन वर्षाको सम्भावना रहेको हो । आगामी मङ्गलबारदेखि मौसम क्रमिकरुपमा सुधार हुनेछ । उनले भनिन्, ‘अबको तीन दिनसम्म वर्षाको सम्भावना

अन्तर्राष्ट्रिय म्याराथनसँग नेपालगन्ज म्याराथनको सहकार्य सुरुवात

नेपालगंज । मंसिर २४ गते आयोजना हुने धारा नेपालगन्ज म्याराथन (नेपाल) र सारमंग देहरादुन म्याराथन (भारत) बीच म्याराथन मार्फत पर्यटन प्रवद्र्धन गर्ने सम्बन्धमा सम्झौता भएको छ । दुवैं विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड रोड रेश(एम्स)बाट मान्यता प्राप्त म्याराथन हुन् । सारमंग देहरादुन म्याराथन भारत उत्तराञ्चल प्रदेशको पहिलो एम्स मान्यता प्राप्त म्याराथन हो । सारमंग देहरादुन म्याराथनका तर्फदेखि अनिल मोहन र धारा नेपालगन्ज म्याराथनका तर्फबाट संस्थापक अध्यक्ष

गठबन्धनभित्र अझै १३ स्थानमा सहमति जुट्न सकेन

काठमाडौं । सत्ता गठबन्धनमा अझै १३ निर्वाचन क्षेत्रमा सहमति जुट्न बाँकी छ ।शुक्रबार राति सम्पन्न बैठकले १६५ मध्ये १५२ क्षेत्रको भागवण्डा मिलाएको छ । प्रदेश २ का धेरै क्षेत्रमा सहमति हुन बाँकी देखिएको छ । सप्तरी-१ र २, सिराहा-४, धनुषा-२ र ३, महोत्तरी-३ र ४, सर्लाही-१, बारा-२ र ३, पर्सा-१ र ३ तथा बाँके-२ मा मिल्न बाँकी छ । बैठकपछि सार्वजनिक भएको सहमति अनुसार कांग्रेसले ८४, माओवादीले ४७, एकीकृत समाजवादीले

बडादसैँको टीका आज पनि जारी

नेपालगंज । आज आश्विन शुक्ल पक्षको चतुर्दशी, बडादसैँको टीका लगाउने क्रम आज पनि जारी छ। नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ। घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन्। यो क्रम भोलि पूर्णिमासम्म रहन्छ। आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ। साथै दसैँको लागि काठमाडौं छोड्नेहरू फर्कन थालेपछि काठमाडौं उपत्यकाका सडकहरुमा चहलपहल सुरु भएको छ ।

पहिरोमा पुरिएर जुम्लामा पाँच जनाको मृत्यु

जुम्ला । अविरल वर्षापछिको पहिरोमा पुरिएर जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पाँच जनाको मृत्यु भएको छ । पहिरोमा दुई जना बेपत्ता भएको र  दुई जनाको जिवितै उद्धार गरिएको  प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी जानकारी दिए । बुधबारदेखि जारी अबिरल वर्षाका कारण जिल्लका प्रमुख राजमार्ग र ग्रामिण सडकहरू अवरुद्ध भएका छन् । जसका कारण यात्रुहरूको बिचल्ली भइरहेको छ ।

मोटरसाइकल दुर्घटना हुँदा दुई जना सशस्त्र प्रहरीको मृत्यु

देउखुरी । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना सशस्त्र प्रहरीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मुसरियामा शुक्रबार राति करिब १० बजे लु४०प ४९२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार भालुवाङस्थित सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बरमा कार्यरत दुवै सशस्त्र प्रहरीको मृत्यु भएको हो । मृत्यु हुनेमा लमही नगरपालिका–१ का लहानु चौधरी र राप्ती गाउँपालिका– ६ का सुलेश चौधरी रहेका छन् । दुर्घटनामा परी लहानुको घटनास्थलमै

१६१ सिटमा सत्ता गठबन्धनको सहमति

काठमाडौं । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभाको १६५ मध्ये १६१ सिटको भागवण्डा मिलाएको छ । ४ स्थानको बाँडफँट टुंगीन बाँकी छ । शुक्रबार अबेरसम्मको बैठकले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि समेट्दै भागवण्डा गरेकाे हो । सहमतिअनुसार कांग्रेसलाई ८४, नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो । लाेसपालाई ८ देखि १० सिट दिने सहमति भएको छ । शनिबार बस्ने बैठकले बाँकी भागवण्डा मिलाउने

यसपटकको विश्वकप मेरो अन्तिम हो: मेसी

एजेन्सी । लियोनल मेसीले नोभेम्बरमा कतारमा हुने विश्वकप आफ्नो खेल जीवनको अन्तिम विश्वकप हुने टिप्पणी गरेका छन् । ३५ वर्षीय फरवार्ड मेसीले अर्जेन्टिनाका लागि अहिलेसम्म चार संस्करणका विश्वकप खेलेका छन् । मेसीले ६ गोल गरेका छन् भने पाँच गोलमा सहयोगी भूमिका खेलेका छन् । यस क्रममा उनले विश्वकपका १९ खेल खेले । ईएसपीएनसँग शुक्रबार भएको विशेष अन्तर्वार्तामा उनले भनेका छन्, ‘पक्कै पनि यो मेरो अन्तिम विश्वकप हो ।’ ‘म अहिले