प्रहरीमा ११ एसएसपी बढुवाको लागी दुई दर्जन वढी एसपीहरुविच प्रतिस्पर्धा
काठमाडौं : नेपाल प्रहरीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाको तयारी सुरु गरिएको छ । बढुवा सिफारिस समितिले गत मंगलबार ११ जनालाई डीआईजी बढुवाका लागि सिफारिस गरेसँगै प्रधान कार्यालयले रिक्त एसएसपी पदमा बढुवाको तयारी सुरु गरेको हो । एसपी बढुवाको पहिलो नम्बरमा २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टरमा भर्ना भएर नेपाल प्रहरीमा स्थानान्तरण भएका विमल बस्नेत छन । वस्नेत आफ्नो ब्याचका सबै प्रहरी अधिकृतहरु एसएसपी भइसक्दा पनि एसपी नै छन्।