रियल म्याड्रिडलाई पछि पार्दै बार्सिलोना दोस्रो स्थानमा उक्लियो
एजेन्सी । स्पेनिस महारथी रियल म्याड्रिडलाई पछि पार्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा आइतबार राति एथलेटिको बिल्वाओमाथि २–१ को जित निकाल्दै बार्सिलोनाले रियललाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भएको हो । नोउक्याम्पमा बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सी र एन्टोइन ग्रिजमनले गोल गर्दा बिल्वाओले जोर्डी अल्वाबाट उपहार गोल पाएको थियो । यससँगै बार्सिलोनाले दुई साताअघिस्पेनिस सुपरकपको फाइनलमा भोगेको हारको बदला लिएको छ