आज र भोलि देशैभर वर्षाको सम्भावना
काठमाडौं । काठमाडौंसहित देशका केही स्थानमा सोमबार बिहान वर्षा भएको छ । पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भएको हो । हाल देशभरको मौसममा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज र भोलि (मंगलबार) देशैभर वर्षाको सम्भावना रहेको छ । तर, ठूलो पानी पर्ने सम्भावना छैन । हल्का वर्षा हुनेछ । बुधबारदेखि मौसम क्रमशः खुल्ने महाशाखाले जानकारी दिएको छ । ‘‘आज र भोलि मौसम बदली