समाचार

सूर्यको पूजा आराधना गरी छठ मनाइँदै

काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । छठका लागि तराईका नदी, खोला, पोखरी  सिँगारिएका छन्।छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । राजधानीका गौरीघाट, कमलपोखरी,

काजविहीन वरिष्ट सईको भरमा बाँके प्रहरी

नेपालगंज । जिल्ला प्रहरी कार्यालय बाँकेमा काजविहीन वरिष्ट सईले राज गरेकै कारण कहीँ नभएको जात्रा बाँके प्रहरीमा फेला परेको छ । एउटा काजविहीन प्रहरी अधिकृतले गर्दै आएको गलत कदमको साक्षी जिल्ला प्रहरी कार्यालय बाँके बनेको हो । कालिकोटको कुमालगाउ दरबन्दी भई गृहजिल्लाको जिल्ला प्रहरी कार्यालय बाँकेमा करिब ५/६ वर्षदेखी काजसमेत नलिएर रजगज चलाउँदै आएका प्रहरी वरिष्ठ नायब निरीक्षक माधव रिजालका कारण बाँकेको प्रहरी कमाण्ड सम्हाल्ने एसपी हुनकि प्रहरी बरिष्ट नायब निरीक्षक

छठ पूजाका लागि सिङ्गारियो जनकपुरको छठ घाट

जनकपुर । हिन्दूहरुले मनाइने पर्वहरुमध्ये छठ प्रमुख पर्व हो । मधेशका गाउँ-गाउँमा छठको रौनक छाएको छ ‌। जनकपुरधाम र वीरगञ्जमा छठ घाट दुलहीझैं सिंगारिएको छ । वीरगञ्जको घडियर्वा पोखरीमा छठ घाट सिंगार्न १५ लाख बढी खर्चिएको छ । जनकपुरधामको छठ घाटहरु पनि लाखौं खर्चिएर आकर्षक बनाइएको छ । जनकपुरधामको गंगासागर, रत्न सागर, गोरधोइ, अरगजासर, नोचा पोखरी, दुधमती जलाशयहरुमा धुमधामसंग छठ मनाइन्छ । रंगिचंगी विद्युतीय बत्तीहरु छठ घाटमा लगाएपछि जनकपुरधामको सौन्दर्य

प्युठानमा आमा-छोरा मृत भेटिए

रुपन्देही । प्युठानमा एक दिनको फरकमा आमा छोरा मृत भेटिएका छन् । तिहार सकिएलगत्तै २२ वर्षीय एक महिला र उनका तीनवर्षे छोरा एक दिनको फरकमा मृत फेला परेका हुन् । प्यठानको नौबहिनी गाउँपालिका–३ खवांग काइयाकी २२ वर्षीया रिमा बुढामगर शुक्रवार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । त्यसको भोलिपल्ट शनिबार उनका तीन वर्षीय छोरा मुस्कान मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बाहानेका प्रमुख कृष्ण राना मगरले जानकारी दिए । आमासँगै

जाजरकोटमा चिसोले तीन जनाको ज्यान गयो

जाजरकोट । चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो । डुमे दमका दीर्घरोगी पनि थिए । त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोको काण उनको ज्यान गएको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए

नेपाल मगर सांस्कृतिक परिवारले मनायो हुर्रा पर्व तथा दिपावाली

दर्शन सुनार, कतार : नेपाल मगर सांस्कृतिक परिवार कतारले हुर्रा तथा दिपावाली पर्व मनाएको छ। ‘नेपाल मगर सांस्कृतिक परिवार कतारको उदघोष र सम्बोधन, मगर संस्कृतिको संरक्षण र सम्बर्द्धनमा हाम्रो अभियान’ भन्ने मुल नाराका साथ नेपाल मगर संघ कतार शाखाले हुर्रा पर्व तथा दिपावली कार्यक्रम २०२३ सम्पन्न गरेको हो। नेपाल मगर सांस्कृतिक परिवारको आयोजना तथा नेपाल मगर संघ शाखा कतारको संयोजनमा शुक्रबार सहानिया स्थित अलदोसरीमा एक आन्तरिक कार्यक्रमको आयोजना गर्दै हुर्रा

बैतडी जीप दुर्घटना: एकको मृत्यु,पाँच जना घाइते

काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बैतडीको दोगडाकेदार–३ घोडेधारमा आज (शनिबार) बिहान दुर्घटनामा परेको से१ज ६०३ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको ज्यान जानुका साथै पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

कतारमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न

दर्शन सुनार, कतार : कतारमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाली श्रमिक कल्याणकारी संघको आयोजनामा र नेपाली रक्तदाता संघ कतारको समन्वयमा रक्तदान कार्यक्रम कार्यक्रम सम्पन्न गरिएको हो । कतारको सरकारी हमद हस्पिटलको बल्ड डोनेसन सेन्टरमा शुक्रबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चलेको रक्तदान कार्यक्रममा नेपाली श्रमिक कल्याणकारी संघ कतारका अध्यक्ष देब लम्सालले रक्तदान गर्दै शुभारम्भ गरेका थिए । ‘श्रमिकका लागि श्रमिक’ भन्ने मुल नाराकासाथ रगत अभावका कारण प्रवासमा

रुपन्देहीमा बस दुर्घटना हुदा २० जना घाइते

काठमाडौं । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ८ भलुही भन्ने स्थानमा बस दुर्घटना हुदा २० जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । काठमाडौंबाट दाङ जाँदै गरेको बा.प्र.०३-००१ नम्बरको बस गएराति पौने १२ बजेतिर सडकबाट करिब ३/४ मिटर तल पल्टिएको थियो । बसमा सवार ३८ यात्रुहरुमध्ये २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए ।

बर्दिया हत्या प्रकरणमा आठ जना पक्राउ, तीन जनाको खोजी

काठमाडौं । बर्दियामा एक युवकको हत्या भएको घटनामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । लक्ष्मी पूजाको राति गुलरिया नगरपालिका–६ का २३ वर्षीय वरुण घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको आरोपमा ८ जनालाई प्रहरीले पक्राउ गरेको हो । घटनामा संलग्न ८ जना पक्राउ परेको र फरार रहेका ३ जनाको खोजी भइरहेको बर्दियाका एसपी सुधिरराज शाहीले जानकारी दिए । उनका अनुसार अनुसन्धान भइरहेकाले पक्राउ पर्नेहरुको नाम भने