त्रिविद्वारा वार्षिक परीक्षा सञ्चालन नगरी दोस्रो बर्षको अध्यापन सुरु
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा सञ्चालन नगरी नै दोस्रो बर्षको अध्यापन सुरु गरेको छ । त्रिविले वार्षिक परीक्षा प्रणालीमा अध्ययनरत विद्यार्थीको कक्षासमेत अनलाइन माध्यमबाट सञ्चालन गर्न सुरु गरेको हो । विश्वविद्यालयका अनुसार निर्धारित समयमा परीक्षा लिन नसके पनि विद्यार्थीको समय सदुपयोग गर्ने उद्देश्यले वार्षिक रूपमा अध्ययन गर्ने विद्यार्थीलाई अनलाइन माध्यमबाट जोडिएको हो । तर अनलाइनमा सीमित मात्र विद्यार्थी जोडिने हुनाले समस्या अन्य विद्यार्थीहरुलाई असर पर्ने देखिन्छ । स्नातक तहको










