मन्त्रिपरिषद बैठक सुरु विप्लव समूहबारे छलफल
काठमाडौं । मन्त्रिपरिषद्को बैठकमा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) बारे छलफल भएको छ । २०७५ फागुन २८ गते प्रतिबन्ध घोषणा गरिएको विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा फर्काउनेबारे छलफल भएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले जानकारी दिए । “विप्लव समूहबारे छलफल भयो । एक–दुई दिनभित्रै वार्ता आह्वान होला । त्यसका लागि सरकारले वातावरण पनि बनाउँला,” उनल भने, “अरू नियमित एजेन्डामा छलफल भयो ।” आजै मात्र सुरक्षा परिषद्को बैठक बसेको