एसइई र १२ विद्यार्थीले प्रमाणपत्र प्राप्त गर्न डी ग्रेड ल्याउनुपर्ने
काठमाडौं । विद्यालय तहमा अक्षरांकन पद्धति (लेटर ग्रेडिङ) को मापदण्ड परिवर्तन गर्ने तयारी भइरहेको छ । कक्षा ८, एसइई (कक्षा १०) र १२ मा बेन्चमार्क ३५ अंक अर्थात् ग्रेड डी प्राप्त गरेपछि मात्र मूल प्रमाणपत्र दिने गरी शिक्षा मन्त्रालयले नयाँ व्यवस्थाको तयारी गरेको हो । शिक्षामन्त्रीको अध्यक्षतामा हुने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले निर्णय गरी मन्त्रालयमा पठाएको प्रतिवेदनका आधारमा यस्तो तयारी भएको हो । नेपालको विद्यालय शिक्षा पद्धतिमा अक्षरांकन पद्धतिसम्बन्धी अध्ययन