तनहुँमा रहेका नेता पौडेललाई तत्काल काठमाडौं आउन सभापति देउवाको आग्रह
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे टेलिफोन संवाद भएको छ । तत्काल केन्द्रीय कार्यसमितिको बैठकमार्फत पार्टीको आधिकारिक धारणा तय गर्नेबारे देउवा र पौडेलबीच टेलिफोन वार्ता भएको हो । गृहजिल्ला तनहुँमा रहेका नेता पौडेलले विहिबार बिहान सभापति देउवालाई टेलिफोनमार्फत पछिल्लो विकसित राजनीतिक घटनाबारे छलफलका लागि तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाउन आग्रह गरेको जानकारी दिए । देउवासँगको कुराकानीपछि नेता पौडेलले