पर्सामा ९ किलो चरेससहित एकजना पक्राउ
काठमाडौं । नौ किलो २० ग्राम लागुऔषध चरेससहित पर्साबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–७, विश्रामपुर बस्ने ६० वर्षीय मुसलीम देवान छन् । शनिबार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उनलाई घरैबाट पक्रेको हो । चरेस बिक्री–वितरण गर्ने प्रयोजनार्थ लुकाइछिपाइ राखेको भन्ने सूचना पाएर प्रहरी देवानको घरमा पुगेको थियो । उनको घर खानतलासी गर्दा कोठाभित्र खाटमुनि लुकाइ राखिएको ५०० ग्रामको १२ पोका र २५० ग्रामको १२ पोका