प्रहरीमा जुनियर अधिकृतहरूको वृत्ति विकासका लागि नयाँ मापदण्ड बनाउने तयारी
काठमाडौं । लामो समयदेखि बढुवा हुन नसकेका जुनियर अधिकृतहरूको वृत्ति विकासका लागि नेपाल प्रहरीले नयाँ मापदण्ड बनाउने तयारी गरेको छ । यसबारे छलफल सुरु गरिएको प्रहरीले जनाएको छ । नयाँ मापदण्ड बने इन्स्पेक्टर र असइका रिक्त पदमा ६० प्रतिशत बढुवामार्फत र ४० प्रतिशत पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिनेछ । अहिले ६० प्रतिशत खुला प्रतिस्पर्धाबाट र ४० प्रतिशत बढुवा प्रक्रियाबाट पदपूर्ति गर्ने व्यवस्था छ । समयमै वृत्ति विकास नहुँदा प्रहरीका जुनियर अधिकृत १७ वर्षदेखि एउटै