अख्तियार प्रमुखमा राई , आयुक्तमा चन्द र सिलवाल सिफारिस
काठमाडौं । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा प्रेमकुमार राईलाई नियुक्त गर्न सिफारिस गरेको छ । संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएपछि ३० मंसिरमा बसेको संवैधानिक परिषद्ले प्रमुख आयुक्तमा राई र आयुक्तमा जयबहादुर चन्द र किशोर सिलवालको नाम सिफारिस गरेको हो । राई पूर्व गृहसचिव हुन् भने चन्द नेपाल प्रहरीका पूर्व एआईजी हुन् । त्यस्तै किशोर सिलवाल मुख्य न्यायधीश हुन् ।