देशभर चिसो बढ्यो, काठमाडौंको न्युनतम तापक्रम २ दशमलव ३ डिग्री
काठमाण्डाै । पुष लागेसँगै देशभर चिसो बढेको छ । उच्च हिमाली जिल्लाहरुमा पनि तापक्रम माइनसमा झरेको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री रहेको थियो । जिरी, जोमसोम, जुम्ला लगायतका ठाउँमा पनि तापक्रम माइनसमा झरेको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ३ डिग्री सेल्सियसमा झरेको छ । आज दिउँसो प्रदेश नम्बर १ तथा गण्डकी प्रदेशको पहाडी भू–भागहरुमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले