फिल्मी समाचार

करिश्माको ‘बनवास’ मा सरोज र कविता बावुछोरीको भिमिकामा

काठमाडौं । पछिल्लो समय चलचित्र ‘फागु’ निर्माण गरेकी सदाबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धरले आफ्नी छोरी कविता मान्धरलाई लिएर अर्को चलचित्र ‘बनवास’ निर्माण गर्ने भएकी छन् । सामाजिक सञ्जालमा आइतवार थिम पोस्टर सार्वजनिक गर्दै उनले चलचित्र निर्माण घोषणा गरेकी हुन् । पारिवारिक कथावस्तुलाई समेटेर निर्माण हुने चलचित्रमा सुशिल क्षेत्रीको कथा तथा निर्देशन रहने अभिनेत्री मानन्धरले वताइन । बाबु र छोरीको कथामा आधारित चलचित्रमा छोरीको भूमिकामा कविता मानन्धर र बाबुको भूमिकामा अभिनेता

युट्युबको एक नम्बर ट्रेन्डिङमा दीपेन्द्रको ‘आमा’

काठमाडौं । नेपाली कथानक चलचित्र ‘आमा’ युट्युबको एक नम्बर ट्रेन्डिङमा आइपुगेको छ । युट्युबमा अपलोड गरेको दुई दिनमा एक नम्बर ट्रेन्डिङमा आइपुगेको हो । दीपेन्द्र के खनालको कथा तथा निर्देशन रहेको चलचित्रमा सुरक्षा पन्त र मिथिला शर्मा मुख्य भूमिकामा छन् । चलचित्रले राम्रो समीक्षा पाएको थियो । गत वर्ष फागुन ९ गते हल रिलिज भएको चलचित्र कोरोनाका कारण चैत ७ गतेबाट हल बन्द भएपछि बीचमै अलपत्र परेको थियो । नौ

लप्पन छप्पन–२ चैत २७ गते रिलिज हुने

काठमाडाैँ । मुकुन्द भट्ट निर्माण तथा निर्देशित चलचित्र ‘लप्पन छप्पन २’ को प्रदर्शन मिति केही हप्ता पर सरेको छ । यसअघि फागुन २७ गते शिवरात्रीका दिन रिलिज गरिने भनिएतापनि प्राविधिक कामहरु नसकिएकोले प्रदर्शन मिति हेरफेर भएको हो । निर्देशक भट्टले दिएको जानकारी अनुसार अब लप्पन छप्पन – २  आगामी चैत २७ गते रिलिज हुने भएको छ । भिएफएक्स, कलरिङ, डबिङ र इडिटिङको काममा ढिलाइ हुँदा प्रदर्शन मिति हेरफेर गर्नु परेको

सविनको 'गणपतिमा' मुकुन र मेनुकाको जोडी

काठमाडौं । अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानलाई पहिलो पटक दर्शकले  एकसाथ  चलचित्र ‘गणपति’ मा देख्ने भएका छन । तनहुँको बन्दीपुर गाउँपालिकाबाट चलचित्रको छायांकन विहिवारवाट सुरु भएको छ । गाउँले परिवेशमा खिचिने चलचित्रलाई सविन अधिकारीले निर्देशन गरिरहेका छन् । सविनकै कथा रहेको चलचित्रमा लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरीको लगानी रहेको छ । मानिस र भगवान बीचको फरक देखाइने चलचित्रमा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल,

सलमानको ‘राधेः योर मोस्टवान्टेड भाई’ र जोनको ‘सत्यमेव जयते २’ इदमा एकैसाथ रिलिज हुदै

काठमाडौं । कोरोनाका कारण गत वर्ष ठप्प रहेको वलिउड चलचित्रको छायांकन र रिलिजको काम यस वर्ष विस्तारै चलायनमा हुन थालेको छ । योसँगै बलिउडमा यस वर्ष रिलिजको तयारीमा थुप्रै चलचित्रहरु लाइनअपमा छन् । यस्तै, सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘राधेः योर मोस्टवान्टेड भाई’ यही वर्षको इदमा रिलिज हुने घोषण गरिएको छ । राधेको रिलिजको घोषणा भएसँगै यो चलचित्र अर्को ठूलो चलचित्रसँग भिड्ने पक्का भएको छ ।   सलमानको राधे अभिनेता जोन

बाँकेको गाभर भ्यालीमा पल र गरिमा

नेपालगन्ज : पछिल्लो समयका अत्यन्तै व्यस्त मोडल तथा लोकप्रिय नायक पल शाह यतिबेला बाँकेको गाभर भ्याली तथा होमस्टेमा रहेका छन् । पलसंगै मोडल गरिमा शर्मा पनि गाभर भ्यालीमा रहेकी छिन् । उनीहरू एउटा थारु गीतको म्युजिक भिडियो छायांकनको लागि बाँकेको गाभर भ्याली आइपुगेको बताइएको छ। उसो त पलले एउटा गाभर भ्यालीमा मोडल गरिमा संग खिचेको तस्वीर फेसबुकमा पोस्ट गर्दै आफुहरु गाभर भ्यालीमा रहेको जानकारी गराएका छन् । पल र गरिमाका अलवा

हलिउड चलचित्र ‘टार्गेट नम्बर वान’ डिसहोमले रिलिज गर्दै

काठमाडौं । डिशहोमवाट आजदेखी हलिउड चलचित्र ‘टार्गेट नम्बर वान’ रिलिज हुँदै छ । नेपालमै पहिलोपल्ट हलिउड तथा बलिउड चलचित्र पे–पर–भ्युमार्फत् नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा सुरुआत गरेको च्यानलले आजदेखि सो हलिउड चलचित्र रिलिज गर्न लागेको हो ।   डिसहोमका दर्शकहरुले यो चलचित्र दैनिक ६ शो बिहान ७ बजे र १० बजे, दिउँसो १ बजे र ४ बजे तथा बेलुका ७ बजे र १० बजे हेर्ने सक्नेछन् । सिनेमाघर इन्टरनेसनल च्यानलमा

माघ १ गतेबाट चलचित्र 'एउटा यस्तो प्रेम कहानी' प्रदर्शन हुँदै

काठमाडौं : चलचित्र हलहरु खुलेको एक हप्ता भइसक्दा पनि हलका दर्शकको उपस्थिति शून्य छ। उसो त हाल पुरानै चलचित्रहरु प्रदर्शन भइरहेकोले हलहरु सम्म दर्शक आउने र नहेरेरै फर्किने गरेको हलवालाहरु बताउँछन् । नयाँ चलचित्रहरुको आशा दर्शकको रहेकोले पूरा चलचित्र हेर्न नरुचाएको पाइएको छ। यसैबीच, दर्शकको इच्छालाई ध्यानमा राख्दै माघदेखि नयाँ चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आउने भएको छ। माघीको अवसर पारेर प्रदर्शन हुन लागेको चलचित्रमा अभिनेता शिव श्रेष्ठ र

अक्षय सहित बलिउडका ६ चलचित्रकर्मी विश्वको प्रभावशाली व्यावसायीक लिडरको सुचीमा

मुम्बई । भेराइटी प्रकाशनले विश्वव्यापी मिडिया उद्योगलाई आकार दिइरहेका विश्वका ५०० सबैभन्दा प्रभावशाली व्यावसायी लिडरहरहरुको सूची सार्वजनिक गरेको छ । भेराइटीको यस सूचीभित्र भारतबाट अक्षय कुमार, आमिर खान, एकता कपुर, रोनी स्क्रुवाला, सिद्धार्थ रोय कपुर र वितरक किशोर लुल्ला पर्न सफल भएका छन् ।   अक्षय नाम सार्वजनिक गर्दै भेराइटीले यसो लेखेको छ, “४८.५ मिलियन डलर कमाईका साथ उनी २०२० मा सबैभन्दा बढि पारिश्रमिक पाएका अभिनेताको छैठौंमा पर्न सफल भए

मुकुन्दको ‘लप्पन छप्पन २' महाशिवरात्रीमा आउदै

काठमाडौं । शिवरात्रीको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लप्पन छप्पन २’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ ।मुकुन्द भट्टको निर्माण र निर्देशन रहेको चलचित्र आगामी फागुन २७ गते प्रदर्शन हुने निर्माण पक्षले बताएको छ । खिलेन्द्रराज तिमिलसेनाको प्रस्तुती रहेको चलचित्रमा सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।   पुरुषोत्तम प्रधानको खिचेको चलचित्रमा शम्भुजित बास्कोटा, दीपक