राजनीति

म्यानमार नेतृ सुचीलाई ६ मुद्दा सहित फौजदारी अभियोग लगाइयो

काठमाडौं । सेनाको नियन्त्रणमा रहेकी म्यानमारकी नेतृ आङ सान सुचीलाई नयाँ फौजदारी अभियोग लगाइएको छ । उनकी वकिल मीन मीन सोले एएफपीलाई दिएको जानकारी अनुसार उनमाथि ६ वटा मुद्दा लगाइएको छ ।   न्यापिटअमा पाँच र याङ्गुमा एउटा मुद्दा लगाइएको एएफपीले जनाएको छ । म्यानमारको उत्तरपूर्वी बगो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा सेनाले प्रत्यक्ष बल प्रयोग गर्दा आइतबार मात्र कम्तिमा ८० जनाको मृत्यु भएकोछ । म्यान्मारमा गत माघ १९ मा

ज्यान मुद्दाका रेशम चौधरीलाई सजाय माफी गर्ने सरकारले तयारी

काठमाडौं । ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भएका रेशमलाल चौधरीको सजाय माफीका लागि सरकारले प्रक्रिया अगाडि बढाएको छ । जनता समाजवादी पार्टीले निवेदन दिएपछि सरकारले कैद सजाय माफी दिने प्रक्रिया अघि बढाएको हो । कर्तव्य ज्यान मुद्दामा चौधरीलगायतलाई जिल्ला अदालत कैलालीले जन्मकैद ठहर गरेको थियो । उच्च अदालत दिपायलले समेत जिल्ला अदालतको फैसला सदर गरेको थियो । चौधरी २०७४ फागुन १४ देखि अनुसन्धानका लागि थुनामा छन् । अदालतको फैसला अनुसार

ओलीसँगको लडाइँ सिद्वान्त, सत्य र न्यायका लागि हो : नेता नेपाल:

वीरगञ्ज । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पदका लागि नभई कम्युनिष्ट पार्टी बचाउनका लागि मात्र अघि सरेको स्पष्ट पारेका छन् । शनिबार वीरगञ्जमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गदै नेता नेपालले सिद्धान्त, सत्य र न्यायका लागि आफू कार्यकर्ता माझ आएको बताएका छन् । वरिष्ठ नेता नेपालले आफूलाई अध्यक्ष र प्रधानमन्त्री नचाहिने पनि स्पष्ट परो । उनले भने, ‘कतिलाई लाग्दो हो, केपी ओलीको प्रधानमन्त्री खोस्न लागिपरेको छ । त्यसो होइन,

माओवादी केन्द्रद्वारा गृहमन्त्री बादललाई कारवाही, सांसद पद पनि गुम्मे

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका गृहमन्त्री रामबहादुर बादल र सांसद चन्द्रबहादुर खड्कालाई कारवाही गरेको छ। उनीहरुलाई राष्ट्रियसभाको सदस्यबाट हटाइएको छ । एमाले प्रवेश गरेकाले बादल र खड्का कारबाहीमा परेका हुन् । दल त्याग गरेकाले माओवादी केन्द्रले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार उनीहरुलाई कारवाही गरेको हो। माओवादीले दुबै जनाले दल त्याग गरेको सूचना संघीय संसद सचिवालयमा बुझाउँदै राष्ट्रियसभा सदस्यबाट पदमुक्त गर्न सिफारिस गरिएको छ। माओवादी केन्द्र

सत्ता समीकरणवारे देउवाले आज माओवादी केन्द्र र जसपासंग छलफल गर्ने

काठमाडौं । सत्ता समीकरणको छलफलका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जनता समाजवादी (जसपा) लाई बोलाएका छन् । देउवाले शुक्रबार ३ बजे आफ्नो निवास बूढानीलकण्ठमा माओवादी केन्द्र र (जसपा)को बैठक बोलाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

नेपाल पक्षका नेताहरुलाई आफ्नो पक्षमा तान्न प्रधानमन्त्री ओलीको कसरत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली माधव नेपाल पक्षका नेताहरुलाई आफ्नो पक्षमा तान्न प्रयासरत् छन् । माधव नेपाल सहित चार जनालाई कारवाहीको पत्र पठाएका ओलीले सो समूहलाई फुटाएर एउटा पक्ष आफूतिर तान्न आफैं लागि परेका छन् ।   ओलीले नेपाल नेपाल पक्षका नेतासँग विभिन्न माध्यमबाट अलगअलग कुराकानी गरेर नेपाललाई एक्ल्याउने प्रयास गरेका छन् । नेपाल पक्षमा लागेका कतिपय नेतालाई ओली आफैले मनाउने प्रयास गरेका छन् ।

ओली, काँग्रेस र माओवादी केन्द्रद्वारा सत्ता समीकरणमा जसपा नेता ठाकुरलाई  तानातान

काठमाडौं । जनता समाजवादी पाटी (जसपा) का अध्यक्ष महन्थ ठाकुर सत्ता समीकरणको राजनीतिमा तानातानमा परेका छन् । सत्ता टिकाउन प्रधानमन्त्री केपी शर्मा ओली र नयाँ सरकारको नेतृत्व दाबी गरेको नेपाली काँग्रेसले जसपालाई आ–आफ्नो कित्तामा उभ्याउन वार्ता गरिरहेका छन् । माओवादी केन्द्रले पनि ठाकुरसँग संवाद जारी राखेको छ । यसैक्रममा आइतबार ठाकुरसँग नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले भेट गरेका छन् । ठाकुर निकट जसपाका नेता डा सुरेन्द्र झाले पौडेलले नयाँ सरकार

राजीनामा दिने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदबाट राजीनामा दिने मुडमा पुगेका छन् । सत्ता टिकाउन जनता समाजवादी पार्टी (जसपा)को शरणमा परेपनि नटिक्ने अवस्था आएपछि राजीनामा दिन तयार भएका हुन् । नेकपा खारेज गर्दै सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएपछि संकटमा परेका ओलीले सत्ता टिकाउन अनेक प्रयत्न गरे । उनले सत्ता टिकाउन कांग्रेस र जसपाको साथ खोजे । तर, दुवैको साथ नमिल्ने भएपछि ओली मानसिक रूपमा राजीनामा दिन

नेपाल समूहद्धारा दुई महिने पार्टि निर्माण र सुदृढीकरण अभियान घोषणा

काठमाडौं । समानान्तर पार्टी संचालनको अभ्यासमा रहेको नेकपा एमाले माधवकुमार नेपाल समूहले दुई महिने ‘पार्टी संगठन निर्माण र सुदृढीकरण अभियान’ घोषणा गरेको छ । पार्टी एकता गम्भीर संकटमा रहेको भन्दै अभियान घोषणा गरेको माधव समूहले एकतामा फर्कन पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आह्वान समेत गरेको छ । शुक्रबार र शनिबार बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले ‘नेकपा एमालेको एकतालाई जोगाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने नारासहित अभियान संचालन गर्ने निर्णय

नयाँ सरकार गठन हुने भन्दै प्रचण्डले दिए सबैलाई बधाई

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ सरकार बन्ने निश्चित भएको बताएका छन् । शुक्रबार नेपाली कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गरेसँगै नयाँ सरकार बन्ने परिस्थिति भएकाे अध्यक्ष प्रचण्डको भनाइ रहेको छ ।   कपिलवस्तुमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आजैबाट सरकार गठनबारे घनिभूत छलफल सुरु भएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने– ‘मलाई काठमाडौंमा साथीहरुले नयाँ सरकार गठनमा तपाईंले तुरुन्तै पहल लिनुपर्छ, अहिले कपिलवस्तु नजानुस