पहिलो चरणमा गण्डकी, लुम्बिनी, कर्णाली र २ न. प्रदेशमा प्रतिनिधिसभाको निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । मन्त्रिपरिषद्ले पहिलो चरणमा प्रदेश नम्बर–२, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । आउँदो वैशाख १७ गते ती प्रदेशका ४० जिल्लामा पहिलो चरणको निर्वाचन गर्ने निर्णय भएको कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले जानकारी दिइन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दोस्रो चरणमा प्रदेश नम्बर–१, वाग्मती र सुदूरपश्चिम प्रदेश गरी ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको उनको भनाइ छ । सरकारले गएको पुस ५ गते